शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बिजनेस न्युजका उत्तम काप्री सम्मानित

images
बुधबार, पुस १७ २०८१
images
images
बिजनेस न्युजका उत्तम काप्री सम्मानित

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे र प्राधिकरण महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले पुरस्कृत पत्रकारहरूलाई प्रमाणपत्र र नगद प्रदान गरेका थिए।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले २६औँ वर्षगाँठको अवसरमा बिजनेस न्युजका उत्तम काप्रीसहित  ७ जना पत्रकारलाई मंगलबार सम्मान तथा पुरस्कृत गरेको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे र प्राधिकरण महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले पुरस्कृत पत्रकारहरूलाई प्रमाणपत्र र नगद प्रदान गरेका थिए।

images
images

प्राधिकरणले हवाई सुरक्षा तथा नागरिक उड्ययन क्षेत्रमा प्राविधिक समाचारहरूलाई सरलीकृत गर्दै आम समुदायलाई सुसूचित गरी योगदान पुर्‍याएकोमा बिजनेस न्युजका उड्ययन संवाददातासहितलाई पुरस्कृत गरेको हो। 

images
images
images

काप्रीले एक दशक देखि उड्डयन क्षेत्रका समाचार लेख्दै आएका छन्। काप्रीले सेतोपाटी, अनलाइनखबर, अन्नपूर्णपोष्ट, नेपाललाइभमा रहँदा देखिनै एभिएसन समाचार लेख्दै आएका छन्।

पुरस्कृत हुनेमा नयाँ पत्रिका दैनिकका संवाददाता नवीन अर्याल, अनलाइन खबरका अच्युत पुरी, बिजमाण्डु बसन्तराज उप्रेती, कान्तिपुरका सुरज कुँवर, सेतोपाटीकी सबिना कार्की र द एभरेस्ट न्युजका फुर्पा शेर्पा रहेका छन्।


प्रकाशित : बुधबार, पुस १७ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend