शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा

images
सोमबार, पुस १५ २०८१
images
images
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा

महासंघकाअनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ। अधिवेशनको पूर्वसन्ध्यामा यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिए।

images
images

महासंघकाअनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ।

images
images

अध्यक्ष कार्कीले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिस बिना धितो सहुलियत ब्याजदरमा २५ लाख रूपैयाँसम्मको ऋण उपलब्ध गराउनुपर्ने धारणा राखे। उनले भने, 'व्यवसायीले अनुदानमा नभइ सहुलियत दरमा ऋणमा पाउनुपर्छ।'

images
images

उहाँले व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने, भन्सारदर समयसापेक्ष पनि परिमार्जन गरिनुपर्नेमा जोड दिए।

सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नेका लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरेपश्चात पुनरावलोकन हुन नहुने, स्थायी लेखा नम्बरमार्फत गरिने कारोबारको सिमा ५० लाख रूपैयाँबाट बढाएर दुई करोड रूपैयाँ बनाउनुपर्ने भनाइ राखे। रासस


प्रकाशित : सोमबार, पुस १५ २०८११२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend