शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

images
आइतबार, पुस १४ २०८१
images
images
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ करोड रूपैयाँ विनियोजन गरिएको थियो।

images
images

बागलुङ- ढोरपाटन नगरपालिका-१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ। यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।

images
images
images

५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए।

images
images

विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो। विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड रूपैयाँ लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो। 

images
images
images

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो।

अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ करोड रूपैयाँ विनियोजन गरिएको थियो। रासस


प्रकाशित : आइतबार, पुस १४ २०८११२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend