शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १४ २०८१
images
images
राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग

केसीजस्तै अर्का स्थानीय सीताराम जैसी पनि बँदेल र बाघले मात्र नभइ सुगाले पनि बाली खाएर नोक्सानी बेहोर्नुपरेको गुनासो गरे।

images
images

जानकी- 'मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन',  राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरकी सीमा केसीले भनिन्-'बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी छु।'

images
images
images

वन्यजन्तुले वस्तुभाउ मारेपछि सरकारबाट राहत पाइन्छ भन्ने थाहा पाएकी केसीले सोहीअनुरुप कागजात जम्मा गरेर बुझाउँदा पनि समयमा आफूले राहत नपाएको गुनासो गरिन्। राहत पाउने प्रक्रिया सहज बनाउनुपर्ने उनको माग छ। केसीले प्रक्रिया लामो र झन्झटिलो भएकामा दुखेसो पोखिन्। 

images
images

'मैले सबै कागजात बुझाएकै छु, राहत पाउँछु भन्ने आशा छ। तर समय धेरै लाग्ने रहेछ। कागजात बुझाएको हप्ता-दश दिन लाग्ने व्यवस्था गरिदिए सजिलो हुने थियो', केसीले भनिन्। 

images
images
images

केसीजस्तै अर्का स्थानीय सीताराम जैसी पनि बँदेल र बाघले मात्र नभइ सुगाले पनि बाली खाएर नोक्सानी बेहोर्नुपरेको गुनासो गरे। 'मकैले दुधे दाना फलाउन पाएकै हुँदैन, सुगाका बथान आएर बारीभरिको मकै सखाप पारिदिन्छ', जैसीले भने, 'फल लाग्ला र खाउँला भन्ने आशामा बाली लगाउँछौँ। सुगाले सखाप पार्ने गरेको छ।' जैसीले वन्यजन्तुसँगै पन्छीले पनि अन्नबाली स्याहार्न नदिएकाले खेतीबाली लगाउन जाँगर नै नलागेको बताए।
 
सीमा र सीतारामजस्तै सोही ठाउँका पदमी पुनले ऐलानी जग्गा भएका कारण राहत पाउन नसकेको बताए। 'वन्यजन्तुबाट पीडित भएर राहत पाउनलाई खेतबारी पनि नम्बरी हुनुपर्ने रहेछ। ऐलानी भएकाले मेरो जति नै नोक्सानी भए पनि राहत पाउने कुरामा म पीडित नै छु', उनले भने, 'जग्गा ऐलानी, त्यसमाथि सुगाका बथानले मकै, तोरी र धानबाली सखाप पार्छ। राहत केही पाइँदैन। यसले मजस्ता गरिब किसानको जीवन झनै कठिन बनाएको छ।'

राप्तीसोनारी-२ कचनापुरका विनोद मल्ल बाँदरको बथानले दिनदिनै घरभित्रका अन्न र पकाइएका खानेकुरा नष्ट गरिरहेका बताए। बाँदर धपाउन सधैँ कोही न कोही घरमै बस्नुपर्ने बाध्यता भएको उनको भनाइ छ। 'पकाएको खानेकुरामात्र नभइ बारीमा फलेका हरियो तरकारी पनि बाँदरले नष्ट गर्दा हामी हैरान भएका छौँ। बाँदरले पुर्याउने नोक्सानीबाट जोगिन पनि एकजनाले घर कुरेर बस्नुपर्ने बाध्यता छ।'

कचनापुरकै संगिताकुमारी थारूको पनि वन्यजन्तुका कारण भोग्नुपरेको पीडा उस्तै छ। 'पहिले घरमा कुखुरा पाल्थ्यौँ, तर स्यालले खोरबाटै तानेर लैजान थालेपछि अहिले पाल्नै छाडेका छौँ', उनले भनिन्, 'घर कुरेर बस्ने हो भने स्कुल छुट्छ, स्कूल र अन्य कामका लागि बाहिर जाने हो भने घरखेतमा वन्यजन्तुको रजाइँ हुन्छ । वन्यजन्तुका कारण हामी पीडित छौँ?'
 
वन्यजन्तुकै कारण पीडित सोही ठाउँकी मनकामना थारूले राहत प्रक्रियाका लागि आवश्यक कागजात र कार्यालय धाउँदा समय र पैसा दुवै खर्चिलो हुने गरेको बताए। उनले भने, 'कागजात जुटाउन र कार्यालय जान जति खर्च हुन्छ, राहतको रकमले त्यसलाई पनि धान्दैन। पीडित परिवारले राहतका लागि निवेदन दिनसमेत छाडेका छन्।'

बाँकेको राप्तीसोनारी-२ स्थित वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्ण केसीले स्थानीयका समस्या समाधान गर्न आफूहरूको ध्यानाकषर्ण भएको बताए। उनले राहत प्रक्रियाका क्रममा स्थानीयले भोगेका समस्या समाधान गर्न सम्बन्धित निकायमा समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे। 

वन्यजन्तुबाट पिडीत टिकुलीपुर र कचनापुरका स्थानीयले राहत प्रक्रियामा अन्य कागजातसँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग गरेका छन्। घर र सामुदायिक वन अनि वनसँगै जोडिएको बाँके निकुञ्जकै कारण निकुञ्जका वन्यजन्तुले सहज रूपमा घरगोठमा बाँधिराखेका वस्तु मारेर खाइदिँदा त्यहाँका स्थानीय चिन्तित छन्। उनीहरु राहतसमेत समयमै नपाउँदा पीडित भएको बताउँछन्। रासस


प्रकाशित : आइतबार, पुस १४ २०८११०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend