बुधबार, वैशाख १० गते २०८२    
बुधबार, वैशाख १० २०८२
images
images

स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामा जोड दिन आवश्यक छ : उद्योगमन्त्री भण्डारी

images
शनिबार, पुस १३ २०८१
images
स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामा जोड दिन आवश्यक छ : उद्योगमन्त्री भण्डारी

उद्योगमन्त्री दामोदर भण्डारीले भने, 'स्टार्टअप नीति गत वर्षदेखि लागु भएको छ, यस वर्ष नवीन सोचमा आधारित रहेर पेस भएका अवधारणालाई एक अर्ब रूपैयाँ न्यूनतम ब्याजदरमा लगानी गर्ने तयारी अन्तिम तयारी छ।'

images
images

ललितपुर- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामार्फत रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

images
images
images

नेपाली उद्यम उत्पादनको बृहत् प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटनका क्रममा उनले स्वदेशी उत्पादन बढाउने अभियान कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए। 'नेपालको उत्पादन बढाउन राष्ट्रिय अभियानका साथ अगाडि बढ्नुपर्छ', उनले भने।

images
images

उनले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि, २०८१ पारित भइ राजपत्रमा प्रकाशनको तयारीमा रहेको जानकारी दिँदै राजपत्रमा प्रकाशनलगत्तै कार्यान्वयनमा आउने समेत बताए। 

images
images

'मेक इन नेपाल र मेड इन नेपाल सरकारको प्राथमिकतामा छ, सरकारले दिने पोसाक भत्ताबाट नेपाली उत्पादनको उपयोग हुने नीति लिइएको छ', उनले भने, 'स्टार्टअप नीति गत वर्षदेखि लागु भएको छ, यस वर्ष नवीन सोचमा आधारित रहेर पेस भएका अवधारणालाई एक अर्ब रूपैयाँ न्यूनतम ब्याजदरमा लगानी गर्ने तयारी अन्तिम तयारी छ।'

उनले स्वदेशी वस्तु प्रयोगसम्बन्धि कार्यविधि लागु हुँदा धेरै क्षेत्रमा रोजगारी सृजना गर्न सकिने धारणा राखे। मन्त्री भण्डारीले १० दिनसम्म सञ्चालन हुने मेलाले ‘मेरो देश मेरो उत्पादन’को सान्दर्भिकतालाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले मेलामार्फत उत्पादनको बजारीकरण भइ आर्थिक लाभ हासिल हुनुका साथै रोजगारीको सृजना हुने र घरेलु तथा साना उद्योगको प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले उद्यमी घरको यो प्रयत्न साना तथा घरेलु उद्योगका लागि महत्त्वपूर्ण भएको बताए। उनले यस्ता मेलालाई देशव्यापी रुपमा विकास र विस्तार गर्नुपर्नेमा जोड दिए। 

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पैँतीसौँ कला नगरीमा भएको साना तथा घरेलुु उत्पादनको यो मेला ठूलो काम भएको बताए। उनले स्वदेशी उत्पादन प्रोत्साहन गर्न मन्त्रालयले बनाएको निर्देशिकाले आर्थिक समृद्धि हासिलका लागि उल्लेख्य काम गर्ने विश्वास व्यक्त गरे।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले एकै ठाउँमा नेपालभरका उत्पादन स्वदेशी तथा विदेशी ग्राहकलाई उपलब्ध गराउने काम गरेकामा उद्यमी घरलाई आभार व्यक्त गरे।

'उद्यमी घरले नेपालमा नै रोजगारीको अवसर सृजनामा महत्त्वपूर्ण काम गरेको छ, २०६७ सालमा नै स्वदेशी वस्तु उपयोग तथा खरिद नीति आए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको थियो, अहिले मन्त्रालयले स्वदेशी उत्पादनको प्रयोग गरेर हौसला बढाउने काम गरेको छ', उनले भने।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले घरेलु उद्यमबाट उत्पादित सामान संकलन गरेर सहज रुपमा निर्यात गर्न र नेपालभित्र उपयोगको अवसर सृजना गरेर राम्रो काम गरेको बताए। उनले यो मेलाले ठोस काम गर्न सकोस भन्दै निर्यातलाई टेवा पुर्‍याउँदै विदेशी मुद्रा आर्जनमा अझै सफलता मिल्नेमा विश्वास व्यक्त गरे।

उद्यमी घरका सञ्चालक दीपक कार्कीले नेपाली कला संस्कृतिको प्रवर्द्धनका साथै देशैभरका उद्यमीहरुको उत्पादनलाई प्रवर्द्धन गरी रोजगारीको अवसर सृजना गर्ने काम गर्दै आएको जानकारी गराए।

उद्यमी घरमा आजदेखि सुरु भएको मेला पुस २२ गतेसम्म सञ्चालन हुने उद्यमी घरका सञ्चालक शोभा घिमिरेले जानकारी गराए। रासस


प्रकाशित : शनिबार, पुस १३ २०८११५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend