शुक्रबार, पुस १२ गते २०८१    
images
images

जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा मन्त्रालयको ध्यान केन्द्रित छ : वनमन्त्री शाही

images
बिहीबार , पुस ११ २०८१
images
images
जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा मन्त्रालयको ध्यान केन्द्रित छ : वनमन्त्री शाही

उनले सन् २०२५ मा बुझाउने २०३५ सम्मका लक्ष्यहरुसहितका नयाँ ‘एनडीसी’ बनाउने प्रक्रिया मन्त्रालयले अघि बढाइरहेको बताए।

images
images

काठमाडौं- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको क्षेत्रमा मुलुकले पैरवी गरी प्राप्त उपलब्धि कार्यान्वयन गर्नेतर्फ मन्त्रायलको ध्यान केन्द्रित भएको बताएका छन्।

images
images
images

मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औं विश्व जलवायु सम्मेलनको समिक्षा कार्यक्रममा उनले उक्त उपलब्धि कार्यान्वयनका लागि आवश्यक कानून निर्माण र संस्थागत सुधारका लागि पहल गरिसकेको बताए। मन्त्री शाहीले जलवायु संकटसँग जुध्न कुनै एक देश वा समुदायले मात्र सम्भव नरहेको बताए।

images

'यस्तो अवस्थामा, जलवायु परिवर्तनले हामीलाई पारिरहेको गम्भीर असर र हाम्रो देशले लिन सक्ने लाभका बारेमा विश्वको ध्यान आकृष्ट गर्न कोप-२९ मा नेपाली प्रतिनिधीमण्डल सफल भएको हाम्रो बुझाइ छ,' उनले भने, 'जलवायु परिवर्तनमा पर्वतीय क्षेत्रका विषयहरु समेटिनु पर्दछ भन्ने छलफलको नेतृत्व गर्न हामी सफल भएका छौँ।'

images
images

सम्मेलनको दौरानमा नेपालमा जलवायु अनुकुलनका लागि आवश्यक सहयोग जुटाउने प्रक्रियाका लागि 'राष्ट्रिय प्रकृति संरक्षण कोष' संयुक्त राष्ट्र संघअन्तर्गतको अनुकूलन कोषको कार्यान्वयन गर्ने संस्थाका रुपमा सूचिकृत हुनु अर्काे सफलता भएको उनले बताए।

मन्त्री शाहीले सन् २०२५ मा बुझाउने २०३५ सम्मका लक्ष्यहरुसहितका नयाँ ‘एनडीसी’ बनाउने प्रकृया मन्त्रालयले अघि बढाइरहेको उल्लेख गरे। उनले जलवायु परिवर्तनका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवाद आयोजनाको तयारी गरिरहेको जानकारी गराए।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिएको थियो। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend