शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक अर्थ समितिबाट पारित

images
बिहीबार , पुस ११ २०८१
images
images
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक अर्थ समितिबाट पारित

समिति सदस्य डा स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानूनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ। बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे।

images
images
images

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षका बीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए।

images
images

बैठकमा समितिका सदस्य उपेन्द्र यादवले सामान्य त्रुटि नराखी सोझै धितोसम्बन्धी भनेर उल्लेख गरिनुपर्ने बताए।

images
images
images

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका समितिका अर्का सदस्य डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानूनमा सामान्य त्रुटिको परिभाषा गरिएकाले त्यसैअनुसार यसलाई समाधान गरेर अघि बढ्नुपर्ने सुझाव  दिए।

समिति सदस्य डा स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानूनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताए।

समिति सदस्य ज्ञानबहादुर शाहीले सामान्य त्रुटि भनेको के के हो भन्ने उल्लेख हुनुपर्ने बताए।

बैठकमा समितिका सदस्यहरु छिरिङडम्गुल लामा, जुलीकुमारी महतो, गंगा कार्की, नारायणप्रसाद आचार्यलगायतले सामान्य त्रुटिका विषयलाई मिलाएर विधेयक पारित गरिनुपर्ने सुझाव दिएका थिए। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८११७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend