शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

images
बिहीबार , पुस ११ २०८१
images
images
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच बैंकले मेयर नागेश कोइरालालाई २ लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर महानगर क्षेत्रभित्र पर्ने रानी- बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ।

images
images
images

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत रानी-बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्यकरण परियोजनाका लागि बैंकले सो सहयोग रकम प्रदान गरेको हो। 

images
images

विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच बैंकले मेयर नागेश कोइरालालाई २ लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ। आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ।

images
images
images

बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको छ।

साथै बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।


प्रकाशित : बिहीबार , पुस ११ २०८११३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend