शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

खैरहनी महोत्सवमा महकाे प्रवर्द्धन गरिँदै

images
बिहीबार , पुस ११ २०८१
images
images
खैरहनी महोत्सवमा महकाे प्रवर्द्धन गरिँदै

मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन्।

images
images

चितवन- तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ। यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो। यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ।

images
images
images

महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ। मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन्।

images
images

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिइएको बताए। उनले भने, 'मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ, यसको उपभोग बढाउन, व्यवसाय प्रवर्द्धन गर्न तेस्रो खैरहनी महोत्सवमा विशेष प्राथमिकता दिएका छौँ।'

images
images
images

महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका खनालले चितवनको खैरहनी, राप्ती र कालिका नगरपालिकामा पर्याप्त मात्रामा मौरीपालन गरिँदै आएको जानकारी दिए। उनका अनुसार खैरहनीमा मौरी पकेट कार्यक्रम पनि लागु छ।

यसैबीच खैरहनी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज अस्मिता अधिकारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिने मेला सांस्कृतिक समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिए।

पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८११२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend