शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो, ५ महिनामा १६ अर्ब २१ करोड रुपैयाँको पेट्रोल आयात

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ११ २०८१
images
images
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो, ५ महिनामा १६ अर्ब २१ करोड रुपैयाँको पेट्रोल आयात

चालु आवको पाँच महिनाको अवधिमा १६ अर्ब २१ करोड २ लाख २७ हजार रुपैयाँ बराबरको एक लाख ८८ हजार तीन सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ।

images
images

पर्सा- वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। 

images
images
images

सो अवधिमाराजस्व सं‌कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ। आव २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो। 

images
images

गत आवको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो। चालु आवको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ। 

images
images
images

चालु आवको पाँच महिनाको अवधिमा १६ अर्ब २१ करोड २ लाख २७ हजार रुपैयाँ बराबरको एक लाख ८८ हजार तीन सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो।

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात १६ दशमलव २३ प्रतिशत र राजस्वको आधारमा भने १२ दशमलव ५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ। 

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ। नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ। 

यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताएका छन्। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend