बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

images
बिहीबार , पुस ११ २०८१
images
images
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ‍। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ। अब ७० मिटर मात्र खन्न बाँकी छ।

images
images

दैलेख- पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ‍। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ। अब ७० मिटर मात्र खन्न बाँकी छ।

images
images
images

दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो। विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार  यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ। 

images
images

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उनले बताए। 

images
images
images

चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ। परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका-१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ। विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन्। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८१०९:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend