शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

रोजगारीका लागि अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख ठगी, दुईजना पक्राउ

images
बुधबार, पुस १० २०८१
images
images
रोजगारीका लागि अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख ठगी, दुईजना पक्राउ

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ६ लाखभन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भइ काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोट बिदुर नगरपालिका-३ घर भइ काठमाडौं कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन्। 

images
images

पक्राउमध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १७ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका-९ बाट र पुन्यवतीलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो। 

images
images
images

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ। 


प्रकाशित : बुधबार, पुस १० २०८११६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend