शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३
नखुलेको आकाश खुलेर आयो...

नखुलेको आकाश खुलेर आयो...

बिजनेस न्युज

आइतबार मौसम सफा भएर आकाश खुला देखिएको छ। मौसम सफा भएसँगै पोखराका विभिन्न ठाउँबाट माछापुच्छ्रे हिमश्रृङ्खला सुन्दर देखिएको छ। 

नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यूनचापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै  मनसुन न्यूनचापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ। 

तर मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार पनि देशको अधिकांश भू-भागमा  सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

khula aakash (1).JPG
आइतबार बिहान मौसम खुलेसँगै पोखरामा  देखिएको माछापुच्छ्रे हिमश्रृङ्खला । तस्बिर :  राधिका कँडेल/रासस
khula aakash (2).JPG
    माछापुच्छ्रे। तस्बिर :  राधिका कँडेल/रासस
khula aakash (3).JPG
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट देखिएको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र। तस्बिर : सन्तोष पुर्कुटी/रासस


प्रकाशित : आइतबार, भदौ २७ २०७८०५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend