शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

६ महिनामा १ खर्ब ७४ अर्ब लगानी प्रतिबद्धता, १५४ उद्योग दर्ता

सबैभन्दा बढी जलविद्युतमा, सवारी एसेम्बल उद्योगमा पनि ३ अर्ब

images
images
images
६ महिनामा १ खर्ब ७४ अर्ब लगानी प्रतिबद्धता, १५४ उद्योग दर्ता

चालु आवको साउनदेखि पुस मसान्तसम्ममा १ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धताअनुसार १५४ वटा उद्योग दर्ता भइसकेको छ।

images
images

काठमाडौं- कोरोनाका कारण शिथिल बनेको उद्योग व्यवसायमा पुनः उत्साह सुरु भएको छ। उद्योग दर्ता तथा लगानी प्रतिबद्धता रकममा उल्लेख्य मात्रामा वृद्धि भएको छ।

images
images
images

उद्योग विभागका अनुसार चालु आवको पहिलो ६ महिनामै १५४ जटा उद्योग दर्ता भएका छन्। जसमा पर्यटन उद्योगदेखि हाइड्रोपावरसमेत रहेका छन्। चालु आवको पहिलो ६ महिनामै ४ वटा इन्भेष्टमेन्ट कम्पनीमार्फत उद्योगमा लगानी आएको छ।

images

चालु आवको साउनदेखि पुसमसान्तसम्ममा १ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धताअनुसार १५४ वटा उद्योग दर्ता भइसकेको छ।

images

६ महिनामा उद्योगमा आएको लगानी प्रतिबद्धता गत आर्थिक वर्षको भन्दा बढी हो। गत आर्थिक वर्षमा १ खर्ब ५६ अर्बको लगानी आएको थियो। तर यो वर्षको पहिलो ६ महिनामा १ खर्ब ७४ अर्बको लगानी प्रतिबद्धता आएको छ।

images
images

साथै गत आर्थिक वर्षभर ३२ अर्बको विदेशी लगानी प्रतिबद्धता आएको भए पनि अहिले नै ३० अर्ब रुपैयाँ भन्दाबढीको आइसकेको छ। जसमा सबैभन्दा बढी होटल तथा हाइड्रोपावर क्षेत्रमा रहेको छ। साथै उत्पादनमुलक क्षेत्रमा पनि लगानी प्रतिबद्धता बढेको छ।

होटलमा लगानीकर्ताको आकर्षण, ६ महिनामा १५ अर्ब लगानी

hotel.jpg

कोरोना महामारीलगत्तै लगानीकर्ताहरूको आकर्षण होटल तथा रेष्टुरेन्टमा देखिएको छ। उद्योग विभागमा पछिल्लो दर्ता हुने नयाँ उद्योगको विवरण अनुसार होटलमा आकर्षण देखिएको छ।

साउनदेखि पुसमसान्तसम्मको अवधिमा २२ वटा होटल दर्ता भएका छन्। १६ अर्ब लगानी गर्ने भनिएका यी होटलमा १ हजार ७ सय बेड हुने बताइएको छ।  साना, मध्यम तथा ठूला आकारका होटल दर्ता भएका छन्। 

अरु उद्योग व्यवसायमा जमिरहेका समूह घरानादेखि नयाँ तथा विदेशी लगानीकर्ताले होटलमा लगानी गर्ने इच्छा प्रकट गरेका छन्। सूर्य नेपाल प्रालिले काठमाडौंमा होटल सञ्चालन गर्नका लागि उद्योग दर्ता गरेको छ। ५ अर्ब ९९ करोड लगानी  गरेर १९० बेडको होटल सञ्चालन गर्ने सूर्य नेपालको योजना रहेको छ।

त्यस्तै मनोरञ्जन क्षेत्रमा जमिरहेका व्यवसायी उद्धव पौडेलले हाल गोपीकृष्ण हल भएकै ठाउँमा होटलसहितको संरचना निर्माण गर्ने भएका छन्। गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स प्रालि उद्योग उनले दर्ता गराएका छन्। २ अर्ब ६७ करोड ६३ लाख लगानी हुने यो परियोजना अन्तर्गत  २५० बेडसहितको होटल हुने छ।

त्यस्तै काठमाडौंमै ग्रिन भ्यू प्रालिले १ अर्ब लगानीमा ६० बेडको होटल सञ्चालन गर्ने भन्दै उद्योग दर्ता गराएको छ भने मोरङमा ९९ सय बेडको होटल सञ्चालन गर्न नेपाल इन्टरनेशनल हस्पिटालिटीले उद्योग दर्ता गरेको छ।

सन् २०१० पछि होटलमा लगानीकर्ताको आकर्षण बढिरहेको छ। सन् २०१० पछि बढेको लगानीको तीव्रता २०१५ को भूकम्पले केही धकेलिए पनि त्यसपछि काठमाडौंमै नयाँ पाँचतारे होटल सञ्चालनमा आए। पछिल्लो समय काठमाडौंमा दुई ठूला पाँचतारे होटल सञ्चालनमा आइसकेका छन्। म्यारियट काठमाडौं र अलफ्ट काठमाडौंमा सञ्चालन भएका नयाँ पाँचतारे होटल हुन्।

त्यस्तै चन्द्रागिरि हिल्स रिसोर्ट पनि पछिल्लो समय सञ्चालनमा आएको ठूलो होटल परियोजना हो। काठमाडौं बाहिर पनि मेची क्राउन प्लाजा, भैरहवामा टाइगर प्यालेस, नेपालगञ्जमा सोल्टी वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएका छन्।

सरकारको तथ्यांक अनुसार २०७७/७८ को अन्तिमसम्म कूल  होटलको संख्या १ हजार ३१३ पुगेको छ। सरकारबाट अनुमति लिएर सेवा दिइरहेका यस्ता होटलमा कूल  ४५ हजार ८५० बेड पुगेका छन्।

यसमा तारे होटल १४२ पुगेका छन्। भने तारा नलिएका होटलको संख्या ११ सय ७१ छ। यसमा रिसोर्टको संख्या अलग छ।

पर्यटन विभागका अनुसार हालसम्म एकतारे होटलको संख्या ३४ छ। एकातारे होटलमा कूल १३४४ बेड छन्। त्यस्तै दुई तारे स्तरका होटल ४१ छन्। दुई तारे होटलमा २८८० बेड छन्।

३४ तीन तारे होटलमा ३४१२ बेड छन् भने १९ चार तारे होटलमा २४८७ बेड छन्। १५ पाँच तारे होटलमा एउटा सञ्चालनमा छैन। भने एउटा पाँचतारे डिलक्स होटल छ भने तीनवटा हेरिटेज बुटिक होटल छन्।  त्यस्तै नेपालमा ९९ रिसोर्ट छन् भने एउटा डिलक्स र एउटा लक्जरी रिसोर्ट रहेको छ।  कोरोना महामारीको प्रभावित भएका होटल परियोजनाले पनि पछिल्लो समय निरन्तरता पाएका छन्। काठमाडौं उपत्यकामै निर्माणाधीन होटल परियोजना धमाधम निर्माण भइरहेका छन्। काठमाडौं बाहिरका पर्यटकीय गन्तव्यमा पनि होटलमा धमाधम लगानी थपिएको छ।

महामारीपछि पर्यटक आगमन बढ्ने तर पूराना परियोजनाबाट माग सम्बोधन नहुने अनुमानसहित व्यवसायीहरु होटलमा लगानी गर्न आकर्षित देखिएका छन्।

६ महिनामा १७ जलविद्युतमा ९२ अर्ब ६२ करोड लगानी प्रतिबद्धता

hydro.jpg

चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुसमसान्तसम्ममा जलविद्युत उत्पादनका लागि १७ वटा उद्योग दर्ता भएका छन्। ती जलविद्युत उद्योगमा ९२ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ।

उक्त रकम लगानी हुने १७ वटा जलविद्युत उद्योगले गरेको प्रतिबद्धताअनुसार ४ सय ७२ मेगावाट विद्युत उत्पादन हुनेछ। त्यसैगरि दुई सोलार परियोजनाबाट १७.७ मेगावाट विद्युत उत्पादन हुनेछ।

उद्योग विभागमा दर्ता भएका सबै जलविद्युत तथा सोलार विद्युत उत्पादन गर्न दर्ता भएका उद्योगहरू स्वदेशी लगानीमै बन्ने छन्। उद्योग विभागमा साउन १ देखि पुस २३ गतेसम्म यी उद्योग दर्ता भएका हुन्।

नेपाल विद्युत प्राधिकरणले अहिले उत्पादन भएको विद्युत खपत नहुँदा समस्या भएको भन्दै बजार खोजी रहेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई चाहेजति बिजुली दिने र आम उपभोक्तालाई समेत विद्युत खपत गराउन आग्रह गरिरहेका छन्।

अबको एक दुई वर्षभित्र उत्पादन हुने विद्युतको बजारबारे विद्युत प्राधिकरण आफै अनविज्ञ रहेको छ। विद्युत निर्यातका बरोमा भारत तथा बंगालादेशसँग समेत छलफल प्राधिकरण तथा ऊर्जा मन्त्रालयले गरिहेको छ।

यसका बाबजुत जलविद्युत उत्पादन गर्न कम्पनी दर्ता हुने क्रम भने बढी नै रहेको छ। जलविद्युतको उच्च सम्भावना भएको हाम्रो मुलुकमा अन्तरिक लगानीमै आयोजना बन्ने क्रम बढी रहेको छ। साना तथा मझौला जलविद्युत आयोजना निर्माणका लागि स्वदेशि लगानी आइरहेको भएपनि ठूलो परियोजनाका लागि बाह्य लगानी समेत भित्रिने क्रममा रहेको छ।

२०७८ साउन १ देखि पुसमसान्तसम्मा  बुटवल पावर कम्पनी (चिनिखोला जलविद्युत आयोजना) मनाङमा विद्युत उत्पादन गर्ने  लगानी प्रतिबद्धता आएको छ।

यसैगरी हिमालयन इन्जिनियरिङ एन्ड इनर्जीले नवलपसारीको मध्यबिन्दु नगरपालीका वडा नम्बर १४ र विनयी गाउँपालिका वडा नम्बर ३ मा रहने छ। ४४ करोड १२ लाख रुपैयाँ लगानीमा हुने यो आयोजनाबाट २ मेगावाट विद्युत उत्पादन हुनेछ। 

पुवाखोला वान–हाइड्रोपावर लिमिटेड (आयु मलुन जलविद्युत आयोजना, आोखलढुंगाको मोलुङ गाउँपालिका बन्ने छ। शतप्रतिशत स्वदेशि लगानी रहेको यो आयोजनाबाट २१ मेगावाट विद्युत उत्पादन हुनेछ। यो आयोजनामा ३ अर्ब ८१ करोड ५० लाख लगानी हुनेछ।

भदौली खोला हाइड्रोपावर कम्पनी कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आयोजना बन्ने छ। २.६४५ मेगावाट विद्युत उत्पादन क्षमताको यो आयोजना ४७ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ।

ताप्लेजुङको पापुङमा रहेको मिक्वाखोलाबाट विद्युत उत्पादन गर्ने गरि हिमाली हाइड्रो फन्ड प्रालि दर्ता भएको हो। ९ मेगावाट विद्युत उत्पादन क्षमता हुने यो आयोजनामा १ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।

वाटर इनर्जी सोलुसन प्रालि ८.३ मेगावाट जलविद्युत उत्पादन गर्ने गरि स्थापना भएको हो। इलामको देउमाई नगरपालिका ७ मा स्थापना हुने यो जलविद्युत आयोजनामा १ अर्ब ६५ करोड २२ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ।

कोप्लाङ इनर्जी हाइड्रोपावर प्रालि दोलखाको गौरिशंकर गाउँपालिकामा बन्ने आयोजना हो। ६.२ मेगावाट विद्युत उत्पादन क्षमता भएको यो आयोजनामा १ अर्ब २९ करोड २२ लाख रुपैयाँ लगानी हुने छ।

संखुवासभाको चैनपुर नगरपालिकामा बन्ने जलविद्युत आयोजना बनाउन मेन्छियम हाइड्रापावर लिमिटेड दर्ता भएको छ। ७.७ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउन १ अर्ब ३० करोड ५१ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।

रुरुगाड पावर कम्पनी प्रालि कालीकोटको तिलागुफा नगरपालिमा रहेन छ। २४.५ मेगावाट क्षमताको यो जलविद्युत आयोजनामा ४ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ।

रिभरसाइड हाइड्रो इनर्जी प्रालि ३७.५ मेगावाट विद्युत उत्पादन गर्ने गरि दर्ता भएको छ। ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा यो आयोजना बन्ने छ। यो जलविद्युत आयोजनामा ५ अर्ब ९५ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ।

सिता हाइड्रोपावर कम्पनी प्रालिले (दुध खोला जलविद्युत आयोजना) मनाङको नासोङ गाउँपालिकामा रहनेछ। ६५ मेगावाट विद्युत उत्पादन क्षमताको यो आयोजनामा १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी हुनेछ।

बुटवल पावर कम्पनी लिमिटेड (तल्लो मनाङ मस्र्याङदी जलविद्युत परियोजना) मनाङको नासोङ गाउँमालिका वडा नम्बर ३ मा बन्ने छ। १ सय ३९.२ मेगावाट क्षमताको यो आयोजनामा ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ लगानी हुनेछ।

ठूला खोला हाइड्रोपावर प्रालि म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ८ मा रहने छ। १५ मेगावाट विद्युत उत्पादन क्षमताको यो आयोजनामा २ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ लगानी हुनेछ।

ब्रम्हायणी हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्ने जलविद्युत आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ मा रहने छ। ३५.४७ मेगावाट विद्युतल उत्पादन क्षमताको यो आयोजनामा ५ अर्ब ९५ करोड ८ लाख रुपैयाँ लगानी हुनेछ।

इन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रालि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बन्ने जलविद्युत आयोजना निर्माण गर्न स्थापना भएको कम्पनी हो। १५.१५ मेगावाट विद्युत उत्पादन क्षमताको आयोजना निर्माणमा २ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ लगानी हुनेछ।

सानिमा जुम हाइड्रोपावर लिमिटेडले बनाउने जलविद्युत आयोजना दोलखाको बिगु गाउँपालिकामा हुनेछ। ५६ मेगावाट क्षमताको यो जलविद्युत आयोजनामा १० अर्ब ५३ करोड ३१ लाख रुपैयाँ लगानी हुनेछ।

गणेश हिमाल हाइड्रोपावर प्रालि कम्पनी २० मेगावाट विद्युत उत्पादन गर्ने गरि यो कम्पनी स्थापना भएको हो। धादिङको खनियावास गाउँपालिकामा बन्ने यो आयोजनामा ४ अर्ब २८ करोड ५३ लाख रुपैयाँ लगानी हुनेछ।

सोलार विद्युत आयोजना

पशुपति रिन्युएबलसले सोलार विद्युत उत्पादन गर्न कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजना बन्ने छ। १० मेगावाटको सोलार विद्युत उत्पादन गर्न ८८ कोड ८१ लाख रुपैयाँ लगानी हुनेछ।

तराई सोलार प्रालि सोलार विद्युत उत्पादन गर्ने गरि दर्ता भएको छ। यो आयोजनाले ७.७ मेगावाट विद्युत उत्पादन गर्नेछ। पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको यो सोलार विद्युत परियोजनामा ५६ करोड रुपैयाँ लगानी हुनेछ।

५ महिनामै सवारी एसेम्बल उद्योगमा ३ अर्ब लगानीको प्रस्ताव

auto.jpg

चालु आर्थिक वर्षको पहिला ६ महिनामा सवारी उत्पादन गर्न ३ उद्योग दर्ता भएका छन्। यी ३ उद्योगले दुईपांग्रे, चारपांग्रे र विद्युतीय दुईपांग्रे सवारी एसेम्बल गर्न ३ अर्ब ७ करोड रुपैयाँको लगानी प्रतिबद्धता गरेका छन्।

नेपालमा सुजुकीका कार तथा मोटरसाइकल र तीनपांग्रे सवारी बनाउन सीजी अटोमोटिभ इन्डस्ट्रि प्रालि दर्ता भएको छ। त्यसैगरि यामाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लू अटो प्रालि र विद्युतीय स्कुटर एसेम्बल गर्न इ–बोल्ट मोबिलिटी प्रालि दर्ता भएको छ। यी तीनवटै कम्पनी चालु आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका छन्।

सुजुकीका कार तथा मोटरसाइकल र तीन पांग्रे सवारी एसेम्बल गर्न चौधरी समूह अन्तर्गतको सीजी होल्डिङले बाराको परवानीपुरमा उद्योग दर्ता गरेको हो। सो उद्योगको कुल पुँजी १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ रहेको छ।

उक्त उद्योगबाट वार्षिक १० हजार दुईपांग्रे, ३ हजार तीनपांग्रे र १० हजार चारपांग्रे सवारी उत्पादनको लक्ष्य रहेको छ। यो उद्योगमा १ सय १३ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

ठूला उद्योगका रुपमा दर्ता भएको यो उद्योगमा शतप्रतिशत स्वदेशि लगानी हुनेछ। सीजी अटोमोटिभ इन्डस्ट्रि गत साउनमा दर्ता भएको हो।

त्यस्तै यामाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न समेत एमएडब्लू अटो प्रालि असोजमा दर्ता भएको थियो। एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लगानी गर्ने गरि उद्योग दर्ता गरेको हो।

मोरङमा स्थापना हुने एमएडब्लू अटो प्रालि १ सय ४४ जनालाई रोजगारी दिने छ भने सो उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार वटा स्कुटर उत्पादन हुने छ।

शतप्रतिशत स्वदेशी लगानीमा स्थापना हुने एमएडब्लू अटो प्रालि ठूला उद्योगका रुपमा दर्ता भएको उद्योग विभागले जनाएको छ।

यसैगरि कात्तिक ३० गते इ–बोल्ट मोबिलिटी प्रालि नामक उद्योग दर्ता भएको हो। उक्त उद्योगमा २४ करोड ३० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। इ–बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्यूतीय स्कुटर उत्पादन गर्ने क्षमता राख्नेछ।

मझौला उद्योगका रुपमा दर्ता भएको इ–बोल्ट मोबिलिटीले १ सय जनालाई रोजगारी दिने जनाएको छ। पछिल्लो पटक विद्युतीय सवारीको प्रयोग तथा आयात बढ्दै गइरहेको छ।

नेपालमा सवारी एसेम्बल/उत्पादनका लागि हालसम्म दुई दर्जनभन्दा बढी उद्योग दर्ता भइसकेका छन्। तर एसेम्बल नै थाल्नेमा हुलास अटो क्राफ्ट र जगदम्बा अटो रहेका छन्। हुलास अटो क्राफ्टले बजाजका मोटरसाइकल र जगदम्बा अटोले टीभीएसका मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्दै आएका छन्।

images

प्रकाशित : शनिबार, माघ ८ २०७८०९:५८

प्रतिक्रिया दिनुहोस