शनिबार, वैशाख २९ गते २०८१    
images
images
आन्तरिक उडानमा एन्जिटेन परीक्षण

समस्या आउन सक्छ, समाधान गर्नेगरी छलफल भइरहेको छ (अन्तर्वार्ता)

images
images
images
समस्या आउन सक्छ, समाधान गर्नेगरी छलफल भइरहेको छ (अन्तर्वार्ता)
images
images

काठमाडौं- पुस ३० गते बसेको मन्त्रिपरिषदको बैठकले माघ ८ गतेदेखि आन्तरिक उडानमा यात्रा गर्ने यात्रुको हकमा एन्टिजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको थियो। सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि सर्कुलर गरेको छ। एन्टिजेन परीक्षण असम्भव र व्यवहारिक नभएको वायुसेवा सञ्चालकहरुले बताउँदै आएका छन्। के आन्तरिक उडानमा यात्रा गर्ने यात्रुको हकमा एन्टिजेन परीक्षण सम्भव छ? कसरी गर्ने तयारी भएको छ भन्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरसँग गरिएको कुराकानीको सम्पादित अंश :

images
images
images

आन्तरिक उडानमा एन्टिजेन परीक्षणलाई अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन कसरी हुँदै छ?

images

केही दिन अगाडि बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडानमा यात्रा गर्ने यात्रुको हकमा अनिवार्य रुपमा एन्टिजेन परीक्षण गर्नु पर्ने भनिएको छ। परीक्षण रिपोर्ट नेगेटिभ आएकालाई मात्रै यात्रा गराउन मिल्ने भनिएको छ। त्यही अनुसार संस्कृति, पर्यटन तथा नाागरिक उड्डयन मन्त्रालयबाट पनि सर्कुलर भएको छ। सर्कुलरमा वायुसेवा सञ्चालकहरुले आफ्नै खर्चमा एन्टिजेन परीक्षण गर्नु पर्ने भनिएको छ।

images

सरकारको निर्णय कार्यान्वयन गर्ने निकाय हामी पनि हौं। कार्यान्वयन गर्नु पर्छ। तर कार्यान्वयनमा आउन सक्ने समस्याको विषयमा छलफल सुरु भएको छ। एयरलाइन्सले कहाँ गर्ने भनेर स्पष्ट रुपमा भनिएको छैन। ठाउँ दिनु पर्छ। फेरि अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ। अहिले सम्भव भएसम्म सबै मापदण्डहरु अपनाऔं। एन्टिजेनको बारेमा निकास निकालौं। प्राधिकरण र एयरलाइन्स कम्पनीहरु बसेर विवादरहित तरिकाले यसमा काम गर्नु पर्छ।

images
images

यसलाई कसरी गर्न सकिन्छ भनेर विमानस्थल कार्यालयहरुसँग कुरा भइरहेको छ। विमानस्थलहरुले अब एयरलाइन्स कम्पनीहरुसँग छलफल गरेर विवादरहित काम गराउनु पर्छ। यसका लागि तयारी सुरु भएको छ।

अर्को विषय एन्टिजेन परीक्षणको रिपोर्ट १५ मिनेटमै आउने रहेछ। यसका लागि ३ दिनको सूचना निकाल्ने हो कि? ठाउँ प्राधिकरणले दिन्छ। एयरलाइन्स कम्पनीहरु मिलेर सबैभन्दा कम रेटमा परीक्षण गराउने गरी कम्पनी छनोट गर्ने हो कि भन्ने कुरा पनि भएको छ। विभिन्न मोडालिटीमा छलफल गरेर जानकारी गराउन भनिएको छ। विमानस्थलका प्रमुखहरुले आज वा भोलीसम्ममा केही निष्कर्ष निकाल्छन् होला। अनि सोही अनुसार अगाडि बढने हो।

मन्त्रालयले मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि सर्कुलर गरिसेकेको अवस्थामा तपाईँहरुले थप केही निर्णय गर्नसक्नु हुन्छ?

सरकारले गरेको निर्णय मन्त्रालयबाट सर्कुलर भएपछि हामी त्यो भन्दा बाहिर जान सक्दैनौं। हामीले निर्णय स्वीकार गर्नु पर्छ। तर भोलीका दिनमा असहजता भएको अवस्थामा त हामीले भन्ने ठाउँ त हुन्छ। 

के तपाईँहरुले एउटा एउटा एयरलाइन्स कम्पनीले आफै एन्टिजेन परीक्षण गर्न चाहेको अवस्थामा ठाउँ दिन सकिन्छ?

ठाउँ त हामी जसो तसो गरेर मिलाउला। एक त ठाउँ साघुरो छ। कोभिडको समस्या निराकरणका लागि हामी ठाउँ मिलाउँछाैं। त्यसमा समस्या हैन। डर कहाँ छ भने जसरी पीसीआर टेष्टमा भएको अस्वस्थ प्रतिस्पर्धा फेरि यसमा पनि हुन्छ कि भन्ने हो। एन्टिजेन परीक्षणमा कार्टेलिङ नहोस्। कसैका लागि कमाउने धन्दा नहोस्। यसका लागि विमानस्थल कार्यालय र एयरलाइन्स कम्पनीहरु मिलेर निकास निकालन निर्देशन भएको छ। यसमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि समेत रहेका छन्। यसरी छलफल गरेर आएको निष्कर्ष मलाई जनाकारी गराउन भनेको छु। निष्कर्ष आएपछि हामी अगाडि बढने हो। तर अड्चनलाई भने फुकाउँदै लैजानु पर्छ। 

एन्टिजेन परीक्षण टर्मिनल भवन भित्रै गर्ने वा भवनको बाहरि गर्दा विमानस्थलमा भिडभाड बढ्दैन?

भिडभाड बढने अवस्था हुन्छ। बुद्ध र यति एयरलाइन्सको ७२ सिट क्षमताको जहाज एकै पटकमा ८ देखि १० वटासम्म उडान हुन सक्छ।  एउटै एयरलाइन्सको २ सयदेखि ३ सय यात्रु हुन्छन्। जसले गर्दा पनि भिडभाड हुने सम्भावन बढ्छ। समस्या छ समस्या समाधान गर्ने उपाय सोच्दै छौं। 

उपत्यका बाहिरको विमानस्थलबाट आउने यात्रुको हकमा के हुन्छ?

उपत्यका बाहिरबाट आउने यात्रुको पनि विमानस्थलमा परीक्षण हुनु पर्छ। तर एयरलाइन्स कम्पनीलाई पनि अहिलेसम्म एन्टिजेन खरिद गरेर परीक्षण गर्न पाउने अधिकारी छैन जस्तो मलाई लागेको छ। उहाँहरुले पनि कुनै अस्पताल तथा ल्यावहरुसँग सम्झौता गरेर मात्रै काम गर्नु पर्ने हुन्छ। 

यस्तो अन्योलपूर्ण निर्णय कसरी कार्यान्वयनमा आउँला त?

हामीले निर्णय कार्यान्वयन गर्नु पर्छ। कार्यान्वयनको चरणमा मास्क लगाउनु, फेससिल्ड लगाउनु, सेनिटाइज गर्नु पर्ने विषय लागु भइसकेको छ। एन्टिजेन परीक्षणको विषयमा केही समस्या आएको छ। समस्या समाधान गरेर अगाडि बढ्ने नै हो। कसरी जाने भनेर हामी अहिले छलफलमा नै छौं। एयरलाइन्सको समस्या भनेको हाम्रो पनि समस्या हो। हामी कसरी अगाढि बढ्ने भने विषयमा नै हामी केन्द्रित भएका छौं। अर्को विषय एन्टिजेन परीक्षणको लागत रकमकोे विषय पनि जोडिएको छ। उदाहरणका लागि १० दिन अगाडि नै टिकट लिने यात्रु पनि छन्। उक्त टिकटमा सो रकम जोडिएको छैन। त्यसलाई कसरी व्यवस्थापन गर्ने भने विषयमा पनि समस्या छ। 

वायुसेवा सञ्चालकहरुले आफ्नो खर्चमा गराउनु पर्ने भनिएको छ। वायुसेवा सञ्चालकले परीक्षण शुल्क यात्रुसँग लिने पाउने कि नपाउने? पाउने भए टिकटमा जोडन पाउने कि नपाउने? टिकटमा जोडदा सरकारले तोकेको हवाई भाडाभन्दा बढी भएको अवस्था टिकट बिक्री भयो भनेर विवाद त हुँदैन नी?

नेपाल सरकारको निर्णयमा नै वायुसेवा सञ्चालकहरुले आफ्नै खर्चमा गर्नु पर्ने भनिएको छ। वायुसेवा सञ्चालकले गर्ने खर्च जोडर लिन पाउँछन्। व्यवसायीले घाटा खाएर त व्यवसाय गर्ने कुरा हुँँदैन्। जसरी अहिले इन्धन चार्ज, फेयर र कर सहित टिकट दिने गरेका थिए अब यो नयाँ शीर्षक थपिने हो। यसले हवाई भाडा बढ्छ। तर यात्रुले कसरी सस्तो एन्टिजेन गर्न पाउछन् भने विषय मात्रै ठूलो विषय हो। बदमासी गर्न नदिने भने विषय हामी छलफल गरिरहेका छौं। 

अन्तिममा एयरलाइन्स कम्पनीले आफूखुसी कम्पनी सम्झौता गरे एन्टिजेन परीक्षण गर्दा रकममा ततलमाथि भएको अवस्थामा ठगी भएको विषय आउला नि?

यो विषय अवश्य आउँछ। यसलाई नै कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा हामी केन्द्रित भएका छौं।

images

प्रकाशित : बुधबार, माघ ५ २०७८१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend