आइतबार, मंसिर ९ गते २०८१    
images
images

नगरपालिकामा 'सेटिङ' नमिल्दा पाल्पाबाट बाहिरियो बतास

images
शुक्रबार, पुस २३ २०७८
images
images
नगरपालिकामा 'सेटिङ' नमिल्दा पाल्पाबाट बाहिरियो बतास
images
images

काठमाडौं- पशुपतिको धर्मशालादेखि देशभरको सांस्कृतिक धरोहरमा व्यापार गर्न 'पल्केको' बतास ग्रुप पाल्पामा भने नगरपालिकाले स्वार्थअनुसारको 'सेटिङ'मा काम गर्न नदिने भएपछि पछाडि हटेको छ। 

images
images
images

तानसेन नगरपालिकाले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा पाल्पाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र श्रीनगरको सौन्द्रर्यकरण, सञ्चालन तथा व्यवस्थापनका लागि गरेको प्रस्तावमा सहभागी भएको बतास ग्रुप अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालि सम्झौताको अन्तिम चरणबाट पछाडि हटेको थियो। 

images

तानसेन नगरपालिका केन्द्रको शीरमा रहेको श्रीनगर क्षेत्रलाई पर्यापर्यटनको रूपमा विकास, संरक्षण, सम्बर्द्धन तथा उचित व्यवस्थापन गरी पर्यटकीय आकर्षणको रूपमा विकास गर्ने उद्देश्यअनुसार नगरपालिकाले गर्न लागेको कामका लागि निकै अघि पुगिसकेर बीपीएस जेभी बाहिरिएको हो। 

images

बतास ग्रुप अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टसँगै जेभीमा पोखराका दुई वटा कम्पनी जोडिएका थिए। जसमा प्रनि होल्डिङ र सिटी स्क्वायर रहेका थिए। 

यसबाहेक श्रीनगरको काममा लागि पाँच कम्पनी सहभागी भएका थिए। प्राविधिक रूपमा दक्ष देखिएको भन्दै नगरपालिकाले बीपीएस/प्रनि/सिटी जेभीलाई नै अगाडि सारेको थियो। जसमा प्रस्तावको अध्ययन र लगातारको छलफलपछि एमओयूका लागि बोलाएपछि बीपीएस जेभी बाहिरिएको नगरपालिका स्रोतले बताएको छ। 

नगरपालिकाले एमओयू (प्रारम्भिक सम्झौता) गर्न बोलाएको थियो। एमओयूका लागि छलफल भएर केही दिनको समय मागेको बीपीएस जेभी नआएपछि नगरपालिकाले पत्र काटेको थियो। जसमा उसले कोराना र राजनीतिक अवस्थाका कारण आफूले एमओयू नगर्ने भन्दै पत्र लेखेको स्रोतले जनाएको छ। पाल्पामा काम गर्ने चरणमा पुगिसकेर कोरोना र राजनीतिक अवस्थालाई देखाएर पछि हटेको बतास त्यही समय देशका अन्य सांस्कृतिक सम्पदा कब्जा गरेर व्यापार बढाउन लागिपरिरहेको थियो।

‘बतासको यो त बनावटी जवाफ थियो,’ नगरपालिका स्रोतले भन्यो, ‘उसले अन्यत्र जसरी प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदाको दोहनबाट फाइदा गर्दै आएको थियो यहाँ पनि गर्न पाइन्छ भनेर सोाचेको रहेछ। तर नगरपालिकाले तोकेको ठाउँँ र भनिएको विषयभन्दा बाहिर जान नपाउने सर्त अगाडि बढाएपछि सम्झौता प्रक्रियाबाट नै बाहिरिएको हो।’

श्रीनगर सौन्द्रर्यकरण, सञ्चालन तथा व्यवस्थापन आयोजनामा काम गर्ने चाहनेले कम्तिमा २० करोड रुपैयाँको लागनी गर्नु पर्ने गरी प्रस्ताव माग गरिएको थियो। एमओयूका लागि बोलाउँदा छनोट भएको कम्पनी छलफलमा आएको थियो। छलफलमा नगरपालिका प्रमुख तथा कर्मचारीहरूले सर्तभन्दाबाहिर गएर कुनै पनि काम गर्न नपाउने विषय अगाडि सारेका थिए।

तर उसले केही काममा सहजता गरिदिनु पर्ने र रेष्टुरेन्ट लगायतको संरचना बजारनजिक हुनेगरी बनाउन दिनु पर्ने साथै जंगलको केही क्षेत्रमा काम गर्न पनि सहजता मिलाइदिनुपर्ने सर्त अगाडि सारको थियो।

तर नगरपालिकाका कर्मचारीले उसले भनेअनुसार कुनै काम नगर्ने अडान राखे। विशेष गरी जंगलको क्षेत्र छुन नपाइने अडान नगरपालिकाको थियो। अडानपछि उनीहरूले बीपीएसलगायतका जेभीमा सहभागी भएको कम्पनीले १५ दिनपछि आउँछौँ भन्दै छलफलबाट बाहिरिएको स्रोतले जानकारी दियो। तर उनीहरू छलफलमा आएनन्। बरु राजनीतिक रुपमा दबाब दिन थाले। बारम्बारको छलफलपछि पनि नगरपालिकाले भनेअनुसार गर्न नदिने भएपछि अन्तत: बीपीएस जेभी एमओयू नै गर्न गएन। एमओयूपछि डीपीआर तथा आइईई गर्नुपर्ने भए पनि बतास अन्तर्गतको कम्पनीले एमओयू नगर्ने निर्णय गरेको थियो।

जंगलभित्र संरचना बनाउन नपाउने र आम्दानी भएको रकमबाटै सिधै १० प्रतिशत नगरपालिकालाई तिर्न नसक्ने बन्दै उनहीहरू पछाडि हटको थिए। नगरपालिकाले भने पर्यापर्यटनको काम गर्नुपर्ने, जंगल र पानीको स्रोत बिगार्न नपाइने र कुल आम्दानीबाटै १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने विषयमा अडान राखेको थियो। 

श्रीनगर सौन्द्रर्यकरण योजना कसरी आएको थियो?

तानसेन नगरपालिकाको नगरसभाबाट तानसेन नगरपालिकाको विकाससँगै पर्यटकीय आकर्षण गन्तव्यको रुपमा विकास गर्ने गरी श्रीनगर सौन्द्रर्यकरण सञ्चालन तथा व्यवस्थथापन परियोजनाको रूपमा आठ वटा आयोजना अगाडि बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०६७ कात्तिक १ गते प्रस्ताव माग गरिएको थियो।

श्रीनगरलाई पर्यटकको पहिलो रोजाइ बनाउनुका साथै गर्मी मौसमका लागि लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य बनाउने उद्देश्य तानसेन नगरपालिकाले लिएको हो। जसमा परियोजनाको विकास र भविष्यमा हुने फाइदालाई हेरेर परियोजनालाई सार्वजनिक निजी साझेदारीमा बढाएको नगरपालिकाले जनाएको छ। 

जसका लागि सार्वजनिक निजी साझेदारी ऐन (सानिसा) ऐन, २०७५ तथा नियमावली २०७५ अनुसार सञ्चालन तथा व्यवस्थापनको कार्य निजी क्षेत्रले गर्ने योजनाअनुसार काम बढेको हो। जसमा सबै कामको अनुगमन र मूल्याङ्‍कन नगरपालिकाले गर्ने उल्लेख छ। 

आठ वटा आयोजनाका लागि नगरपालिकाले एकैपटकमा प्रस्ताव आयोजना मागेको थियो। त्यसमध्ये अहिले रानीमहल सञ्चालन तथा व्यवस्थापनका लागि एमओयू प्रक्रियामा रहेका छ। अन्यको भने केहीमा कम्पनी नै आएका थिएनन् भने केहीमा आएका कम्पनीहरूले आफूखुसी काम गर्न नपाउने भएपछि बाहिरिका थिए।

परियोजनाको उद्देश्य

- श्रीनगर क्षेत्रलाई पर्यापर्यटनको अवधारणाअनुसार अगाडि बढाउने।

- बगैँचा, बाल बगैँचा निर्माणसहित श्रीनगर क्षेत्रको सौन्दर्यकरण गर्ने।

- श्रीनगर वरिपरिको सरसफाई व्यवस्थापन, गाडीहरूको पार्किङको प्रभावकारी व्यवस्थापन गर्ने।

- पर्यटकीय सूचना केन्द्रको व्यवस्था गर्ने।

- श्रीनगर क्षेत्रमा रहेका पैदल मार्गलाई व्यवस्थित गर्ने।

- म्युजिकल फाउन्टेन व्यवस्था गर्ने।

- तानसेन नगरपालिकाद्वारा निर्मित गुरूयोजना कार्यान्वयनका अधिकांश क्रियाकलापहरूको सञ्चालन तथा व्यवस्थापन गर्ने।

यस्ता छन् आठ योजना

shree aayo.jpg


प्रकाशित : शुक्रबार, पुस २३ २०७८०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend