शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

म्याग्दीको जंगली रातो च्याउको माग सहरदेखि विदेशसम्म, प्रतिकिलो पाँच हजार रुपैयाँसम्ममा बिक्री

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २५ २०८१
images
म्याग्दीको जंगली रातो च्याउको माग सहरदेखि विदेशसम्म, प्रतिकिलो पाँच हजार रुपैयाँसम्ममा बिक्री

सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी रातो च्याउको उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताए।

images
images

म्याग्दी- यहाँको मालिका गाउँपालिका-५ देवीस्थानका रेशम बूढामगर हिजोआज जंगलमा रातो च्याउ खोज्नमा व्यस्त छन्।

images
images
images

बर्खायाम सुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमकी देविकला घर्तीको  परिवारका सदस्यहरु च्याउ खोज्न जंगलमै दिन बिताउने गर्छन्।

images
images

ओसिलो जंगलका पुराना रुख र ठुटामा पाइने रातो च्याउ खोज्न रेशम र देवीकला मात्रै होइनन्, साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, विमलगायतका गाउँका स्थानीयवासी व्यस्त छन्।

images
images

गाउँको होमस्टेदेखि सहरका तारे होटेल र विदेशसमेत रातो च्याउको माग भएकाले महङ्गोमा बिक्री हुने गर्छ। रातो च्याउको मूल्य यस वर्ष आलो प्रतिकिलो दुईहजार र सुकाएको पाँच हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको अधिकांश जंगलमा रातो च्याउ पाइन्छ। जंगलमा जोखिम मोलेर रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य महङ्गो भएको रुमकी देविकला घर्तीले बताइन्। 

प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जंगली रातो च्याउ म्याग्दीका ग्रामीण वस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो। घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ भएको मुना घरबासका सञ्चालक राधिका भण्डारीले बताइन्।

'घरवासमा आउने जो कोहीले खान र कोशेलीका लागि रातो च्याउ खोज्ने गर्छन्', भण्डारीले भनिन्, 'पाहुनाले युरोप अमेरिकासमेत कोशेलीका लागि यही च्याउ किनेर लैजाने गरेका छन्।'

गत सालसम्म प्रति किलो आठ सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री भएको रातो च्याउको मूल्य यस वर्ष आलोमा दुई हजार पुगेको छ। सुकाएको रातो च्याउ आलोको तुलनामा महङ्गो भएको व्यापारी जगमाया पुन मगरले बताइन्। 

हालसम्म रातो च्याउको व्यावसायिक बजारीकरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताए। जंगलमा भर्खरै पलाएको च्याउ टिप्न थालेपछि उत्पादन घट्न थालेको र मूल्य वृद्धि भएको घर्तीको भनाइ छ। 

रातो च्याउ सुकाएपछि लामो समयसम्म भण्डारण गर्न मिल्ने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्गानिक उत्पादन बिक्रि गर्दै आउनुभएका सुमन पौडेलले जानकारी दिए। गत वर्ष रुमबाट पाँच लाखको जंगली च्याउ बिक्री भएको स्थानीय टेकबहादुर घर्तीले बताए। 

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उनको भनाइ छ। सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी रातो च्याउको उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताए। 

उनले भने, 'अब जंगललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिना मै फल्ने बीउ उत्पादन भयो त्यसरी रातो च्याउको विकास गर्न सकिन्छ।' रासस 


प्रकाशित : शुक्रबार, साउन २५ २०८११६:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend