बिहीबार , असोज १७ गते २०८१    
images
images

'ग्रीन ट्याक्सोनोमी'अनुसार क्यापिटल एड्युकेसी फ्रेमवर्क परिमार्जन गर्दै राष्ट्र बैंक, हरित क्षेत्रमा लगानी प्रोत्साहन हुने

नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीलाई अन्तिम रुप दिइँदै

images
मंगलबार, साउन १५ २०८१
images
images
'ग्रीन ट्याक्सोनोमी'अनुसार क्यापिटल एड्युकेसी फ्रेमवर्क परिमार्जन गर्दै राष्ट्र बैंक, हरित क्षेत्रमा लगानी प्रोत्साहन हुने

राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको संयोजनमा मन्त्रिपरिषदबाटै हरित अर्थतन्त्र निर्माणका लागि आवश्यक नीतिहरू तर्जुमा गर्ने तयारीसमेत रहेको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले शून्य कार्बन उत्सर्जन गर्ने क्षेत्रको जोखिमभार समायोजन गरेर 'क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५' परिमार्जन गर्ने तयारी गरेको छ। 

images
images
images

केही समयभित्र राष्ट्र बैंकले जारी गरेको 'नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी' अनुसार क्यापिटल एड्युकेसी फ्रेमवर्क समायोजन गर्न लागेको हो।  

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाका लागि जारी गरेको 'क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५' लाई अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार पुनरावलोकन गर्ने उल्लेख गरेको छ। 

images

विश्वव्यापीरुपमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै पर्यावरणको दिगो उपयोगका लागि वातावरण प्रदूषण गर्ने उद्योग व्यवसायहरूलाई निरुत्साहित गर्ने नीति लिइरहेको छ।

images

यसै सन्दर्भमा नेपालले पनि सन २०४५ भित्र शून्य कार्बन उत्सर्जन गर्ने नीति लिएको छ। सरकारको उक्त नीतिलाई सहयोग पुर्‍याउन बैंक वित्तीय संस्था प्रमुख माध्यम बन्ने देखिन्छ।

बैंकिङ क्षेत्रले प्राथमिकतामा राखेर गरेको लगानीअनुसार मुलुकको अर्थतन्त्र अघि बढ्ने भएकाले राष्ट्र बैंकले नेपाल ग्रीन फाइनान्सिङ ट्याक्सोनोमीको मस्यौदा यसअघि नै तयार पारिसकेको छ। उक्त मस्याौदामा विभिन्न सरोकारवालाहरूसँग सुझावसमेत मागिएको छ। सरोकारवालहरूले दिएको सुझावका आधारमा मस्यौदा संशोधन गरेर आगामी एक महिनाभित्र ट्याक्सोनोमी जारी हुने छ। 
 
उक्त मस्यौदाले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूलाई ग्रीन, एम्बर र रेड भनी छुट्याएको छ। यस मस्यौदाले छुट्याएअनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार क्यापिटल एड्युकेसी फ्रेमवर्कमा राष्ट्र बैंकले संशोधन गर्न लागेको हो। 

रेडको तुलनामा ग्रीन र एम्बर क्षेत्रमा हुने बैंकिङ लगानीको जोखिमभार कम राख्ने तयारीका साथ राष्ट्र बैंकले उक्त व्यवस्था मौद्रिक नीतिमा राखेको छ।

हाल बैंकहरूले लगानी गरिरहेको क्षेत्रमध्ये हरित अर्थतन्त्रमा भएको लगानीको जोखिमभार सबैभन्दा कम र प्रदूषण घटाउँदै लैजाने उद्योगहरूको लगानीलाई एम्बरमा राख्ने व्यवस्था राष्ट्र बैंकले गर्न लागेको छ। हरित क्षेत्रबाहेक हाल भइरहेको लगानीलाई राष्ट्र बैंकले रेड क्षेत्रमा राखेर जोखिमभार प्रदान गर्दैछ। 

रेड क्षेत्रमा उद्योग व्यवसायमा बढी जोखिमभार हुने भएकाले बैंक वित्तीय संस्थाहरू सकेसम्म ग्रीन र परिवर्तन हुन समय लाग्ने क्षेत्रलाई एम्बरमा राखेर कर्जा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित ग्रीन ट्याक्सोनोमी र यस ट्याक्सोनोमीअनुसार क्यापिटल एड्युकेसी फ्रेमवर्क समायोजन गर्न लागिएको राष्ट्र बैंकका एक अधिकारीले बताए। 

'एक महिनाभित्र जारी हुन लागेको नेपाल ग्रीन फाइनान्सिङ ट्याक्सोनोमीअनुसार क्यापिटल एड्युकेसीअन्तर्गत रहेको जोखिमभार समायोजन गर्ने तयारी छ। यसलाई सहजीकरण गर्न मौद्रिक नीतिमार्फत अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार क्यापिटल एड्युकेसी फ्रेमवर्क परिमार्जन गर्ने भनिएको हो', ती अधिकारीले भने। 

बैंकहरूले हाल हरित अर्थतन्त्र निर्माणमा मद्दत पुग्ने गरी विद्युतिय सवारी साधान, जलविद्युत परियोजना, सौर्य ऊर्जा र कृषि लगायतका क्षेत्रमा लगानी गरिरहेका छन्।

यस्तै वातावरण प्रदूषण नगर्ने क्षेत्रमा लगानी बढाउने, हाल सञ्चालनमा रहेका उद्योगहरूद्याई वातावरणमैत्री बन्न प्रोत्साहन गर्ने उद्देश्यसहित क्यापिटल एड्युकेसी प्रेमवर्क परिमार्जन गर्न लागिएको हो। 

बैंक वित्तीय संस्थाहरूले हरित क्षेत्रमा लगानी गरेमा यसले बैंकहरूको पुँजीकोषमाथिको दबाबलाई कम गर्नेछ। हरित क्षेत्रको जोखिमभार कम हुने भएकाले यस क्षेत्रतर्फ लगानी गर्दा पुँजीको स्पेस बढी हुने भएकाले बैंकहरू न्यून कार्बन उत्सर्जन गर्ने वा कार्बन उत्सर्जन कम गर्ने रुपान्तरण उद्योग तथा व्यापार व्यवसायमा बढाउँछन्। जसले कार्बन उत्सर्जन हुने क्षेत्रमा लगानी निरुत्साहित हुन्छ। 

जसले गर्दा शून्य कार्बन उत्सर्जनको नीतिमा सहज हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जन गर्ने सरकारको नीतिलाई सहयोग पुर्‍याउन गरी राष्ट्र बैंकले जारी गर्न लागेको यस ट्याक्सोनोमीलाई सहयोग पुग्ने गरी सरकारले आवश्यक नीति तर्जुमा गर्ने सोच राखिएको छ।

राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको संयोजनमा मन्त्रिपरिषदबाटै हरित अर्थतन्त्र निर्माणका लागि आवश्यक नीतिहरू तर्जुमा गर्ने तयारीसमेत रहेको छ। 


प्रकाशित : मंगलबार, साउन १५ २०८१०८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend