काठमाडौं- भारतीय लगानीकर्ताहरूले पछिल्लो समय कर्णाली कोरिडोर केन्द्रित जलविद्युत परियोजनामा चासो दिएका छन्। पछिल्लो समय नेपालको सत्ता गठबन्धनसँग रुष्ट भारतीय लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहे पनि कर्णाली कोरिडोरका परियोजनाहरूको निर्माणमा भने चासो दिएका छन्।
कर्णाली कोरिडोरमा भारतीय कम्पनीहरूले ४ परियोजनाबाट २५ सय ८० मेगावाट क्षमताको विद्युत विकासको सम्झौता गरिसकेका छन्।
चार परियोजनामा मात्रै भारतीय लगानीकर्ताहरूले ५ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै छन्। कर्णाली कोरिडोरमा स्टोरेज परियोजनाबाहेक रन अफ दी रिभर (आरओआर) परियोजनाकै क्षमता कर्णालीमा १३ हजार ७ सय २ मेगावाट उत्पादन क्षमता रहेको छ। भारतीय लगानीकर्ताहरूले नेपालमा बिजुली उत्पादन गरेर बंगलादेशसम्म पुर्याउन प्रसारण लाइनमासमेत काम गर्न चाहेका छन्।
जलाशययुक्त परियोजनामा ठूलो क्षमतासमेत कर्णालीमा रहेको छ। जसमा कर्णाली चिसापानी एउटै परियोजना १० हजार ५ सय मेगावाट क्षमतामा बनाउन सकिने अध्ययनमा देखिएको छ। उक्त आयोजना पनि भारतीय अर्बपति गौतम अडानीको चासोमा छ।
पछिल्लो समय ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली भारतीय कम्पनी जीएमआरले लिएको छ। जुन कम्पनीको ४९ प्रतिशत सेयर स्वामित्व भारतीय कम्पनी सतलज जलविद्युत निगमले लिएको छ।
सतलजले ९ सय मेगावाटको अरुण तेस्रो पनि निर्माण गरिरहेको छ। त्यस्तै ७५० मेगावाट क्षमताको पश्चिम सेती, ४५० मेगावाट क्षमताको एसआर-६ र ४८० मेगावाट क्षमताको फुकोट कर्णाली निर्माणको लागि भारतीय कम्पनी एनएचपीसीसँग सम्झौता भइसकेको छ। सबै आयोजनाको अध्ययनको काम कम्पनीले गरिरहेको छ।
नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आतुर रहेको एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याया बताउँछन्। भारतमा ठूलो मात्रमा ऊर्जा आवश्यक पर्ने र त्यसका लागि नेपालको जलविद्युत आकर्षक हुने भएकोले लगानी विस्तार गर्न खोजेको महाप्रबन्धक उपाध्याया बताउँछन्।
नेपालको अनुमानित जलविद्युत उत्पादन क्षमता ७२ हजार ५ सय ४४ मेगावाट रहेको एक अध्ययन देखाएको छ। रन अफ दि रिभर (आरओआर) मात्रै ७२ हजार ५ सय ४४ मेगावाट उत्पादन क्षमता रहेको छ। स्टोरेजको बारेमा अझै पूर्ण अध्ययन भएको छैन। स्टोरेजसमेत प्रारम्भिक अध्ययनले १ लाख २० हजार मेगावाट क्षमता रहेको देखिन्छ।
सबैभन्दा बढी कोशी प्रदेशमा आरोआरको क्षमता २२ हजार ६ सय १९ मेगावाट उत्पादन क्षमता रहेको छ। दोस्रोमा गण्डकी प्रदेशमा १४ हजार ९ सय ८१ मेगावाट उत्पादन क्षमता रहेको अनुमान रहेको छ।
तेस्रोमा कर्णालीमा १३ हजार ७ सय २ मेगावाट उत्पादन क्षमता रहेको अनुमान गरिएको छ। त्यसपछि चौथोमा बागमती प्रदेशमा १० हजार ५ सय ६८ मेगावाट उत्पादन क्षमता रहेको उल्लेख गरिएको छ।
यस्तै सुदूपश्चिम प्रदेशमा ७ हजार ७ सय २२ मेगावाट, लुम्बिनी प्रदेशको २ हजार ६ सय ७७ मेगावाट र मदेश प्रदेशको अनुमानित उत्पादन क्षमता २७५ मेगावाट रहेको उल्लेख छ।
भारतीय कम्पनीहरू कोशी बेसिन र कार्णाली बेसिनमा केन्द्रित हुन खोजेका छन्। खासगरी पछिल्लो समय कार्णाली कोरिडोरमा भारतीयहरूको चासो रहेको ऊर्जा मन्त्रालयका एक अधिकारी बताउँछन्। १० हजार ५ सय मेगावाटको कर्णाली चिसापानीदेखि १९०२ मेगावाट क्षमताको मुगु कर्णालीसम्म भारतीय लगानीकर्ताहरूको चासोमा छ।
नेपालले लिने नीतिमा भरपर्ने भएकोले अडानी समूह र पीटीसी समूह पनि पर्ख र हेरको अवस्थामा छन्। उनीहरू सबैले कर्णाली बेसिन परियोजनालाई बढी चासो दिएको ऊर्जा मन्त्रालयका ती अधिकारीको भनाइ छ।
कर्णाली बेसिनमा नयाँ १८ आयोजना निर्माण गर्न सक्नेगरी अध्ययन भएको छ। १९ सय मेगावाटको ‘मुगु कर्णाली’ जलाशययुक्त जलविद्युत् आयोजनामा पनि भारतीय कम्पनी सतलज जलविद्युत निगम, माथिल्लो कर्णालीको जिम्मा पाएको जीएमआर र पश्चिम सेती, सेती-६ र फुकोट कर्णालीको जिम्मा पाएको एनएचपीसीले ‘मुगु कर्णाली’मा चासो दिएका छन्।
कर्णाली बेसिनमा नयाँ १८ आयोजना
अडानी समूहले नेपालको जलविद्युतमा गर्ने भनिएको ५ खर्बभन्दा बढीको लगानी तत्काललाई ‘होल्ड’ नेपालमा २५ हजार मेगावाट बिजुली उत्पादन गर्न तम्सिएका भारतीय लगानीकर्ता हात झिक्ने तरखरमा