मंगलबार, जेठ ८ गते २०८१    
images
images

श्रमिक-रोजगारदाता सम्बन्धमा सुधार, सात वर्षदेखि बन्द हड्तालमुक्त

images
बुधबार, वैशाख १९ २०८१
images
images
श्रमिक-रोजगारदाता सम्बन्धमा सुधार, सात वर्षदेखि बन्द हड्तालमुक्त

नेपालमा श्रम समस्याकै कारणले ठूला ठूला उद्योग प्रतिष्ठान बन्द भएको इतिहास रहेको छ। पोखराको फुलबारी रिसोर्ट, सुर्य नेपालको गार्मेन्ट बन्द हुनुका पछाडि श्रम सम्बन्धलाई पनि लिइन्छ।

images
images

काठमाडौं- आजभन्दा १० वर्ष पहिलेसम्म बन्द हड्ताल ठूलो समस्यका रुपमा रहेको थियो। आम हड्तालदेखि औद्योगिक प्रतिष्ठानसम्म बन्द हड्तालको समस्या रहेको थियो। होटलदेखि उत्पादनमूलक उद्योगमा मजदूरको हड्ताल हुने गर्थ्यो। 

images
images
images

रोजगारदाता-श्रमिक सम्बन्धमा समस्या आउँदा अर्थतन्त्रमा समस्याका रुपमा रहेको थियो। तर आजभोलि त्यो समस्या हटेको छ। बितेको दुई दशकमा नेपाली अर्थतन्त्रले ऊर्जा र श्रम समस्याबाट उन्मुक्ति पाएको छ। 

images

यो श्रम समस्या समाधान हुनुको मुख्य कारणका रुपमा पछिल्लो समय आएको श्रम ऐन र श्रमिकसँग सम्बन्धित अरु ऐनमा भएको सुधार देखिएको छ। 

images
images

२०७४ सालमा श्रम ऐन आएको थियो। त्यस्तै सामाजिक सुरक्षा ऐन आएर पनि कार्यान्वयनमा गइसकेको छ। नियम कानूनअनुसारको सेवा सुविधा पाएपछि श्रममा खासै समस्या नरहेको सरोकारवालाहरूले बताएका छन्। 

images
images

ऐन तथा नियम निर्माणकै क्रममा श्रमिकका प्रतिनिधिले डिल गरेको र त्यसको कार्यान्वयन रोजागारदाताले इमानदारीपूर्वक गरेपछि अहिले त्यस्तो समस्या नदेखिएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्राज पाण्डे बताउँछन्। 

‘मुख्यगरी नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षाको कार्यक्रम नै हो। नियम कानूनसँगै सबै कुरा कानूनअनुसार हुने भएपछि श्रमिकले रोजागरादातासँग खासै उल्लेख्यिय माग राख्नै पर्ने अवस्था भएन’ उनले भने। 

यद्यपि छिटफुट समस्या भने रहेका छन्। प्रतिष्ठान विशेष केही समस्या भए पनि त्यसले ठूलो रुप लिएको छैन। 

नेपालमा श्रम समस्याकै कारणले ठूला ठूला उद्योग प्रतिष्ठान बन्द भएको इतिहास रहेको छ। पोखराको फुलबारी रिसोर्ट, सुर्य नेपालको गार्मेन्ट बन्द हुनुका पछाडि श्रम सम्बन्धलाई पनि लिइन्छ। 

लगानीको बाधकका रुपमा समस्याग्रस्त सम्बन्धलाई लिने गरिन्छ। 

नेपालको औद्योगिक क्षेत्रमा श्रम समस्या चर्किएको २०६३ सालपछि हो। भूमिगत रहेको जब २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्‍यो त्योसँगै उसका भातृ संगठन पनि खुलेर आए। आउनेवित्तिकै माओवादीको सबैभन्दा धेरै प्रभाव नै औद्योगिक क्षेत्रमा भयो। माओवादी निकट श्रम संगठनले श्रमिकका हक अधिकार र सुविधा माग गर्दै आन्दोलन चर्काउन थाल्यो। 

माओवादी आउनुभन्दा पहिला छिटफुट आवाज उठे पनि हड्तालकै तहमा उक्सिएको थिएन। २०६३ सालदेखि २०७३ सम्म श्रम समस्या चर्कियो तर २०७४ मा ऐन कानून आएपछि धेरै माग कानूनले नै सम्बोधन गरेपछि मत्थर भएको छ। 

त्यस्तै पछिल्लो समय औद्योगिक क्षेत्रको विस्तार नै घटेकाले पनि समस्याहरू न्यून देखिँदै गएको कतिपयको भनाइ छ। 


प्रकाशित : बुधबार, वैशाख १९ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend