शनिबार, साउन १२ गते २०८१    
images
images
images

हिमालयन हाइड्रो एक्स्पोमा भारतीय जायन्ट कम्पनी अडानी र पीटीसी पनि सहभागी हुने, १२ देशबाट एकसय स्टलको बुकिङ

images
शुक्रबार, वैशाख ७ २०८१
images
images
हिमालयन हाइड्रो एक्स्पोमा भारतीय जायन्ट कम्पनी अडानी र पीटीसी पनि सहभागी हुने, १२ देशबाट एकसय स्टलको बुकिङ

लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको इप्पानले जनाएको छ।

images

काठमाडौं- चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा भारतीय जायन्ट कम्पनी अडानी र पीटीसीसमेत सहभागी हुने भएका छन्। जसमा १२ देशका एकसय स्टल बुकिङसमेत भइसकेको छ। 

images
images

एक्स्पोमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरूसँग बिजनेस मिटिङ हुने तय भएको इप्पानले जनाएको छ।

images

आर्थिक गतिविधिहरू सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता हुने भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताएका छन्।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादक संस्था, नेपाल (इप्पान) र एसपी एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको जनाइएको छ। 

images

बैशाब १२ गते बिहान साढे ६ बजे विद्युतीय सवारी (ईभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने बैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको उद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानले जनाएको छ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिए‌को ईभी र्‍याली स्काई वाक टावर कमलादीबाट सुरु भइ विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, जावलाखेल, थापाथली, शीतल निवास, बालु‌वाटरलगायतका मुख्य मुख्य स्थानहरू हुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ। र्‍यालीमा विद्युतबाट चल्ने दुईपांग्रे, तीनपाङ्‍ग्रे , चारपाङ्‍ग्रे ईभीहरूलाई सहभागी गराइने जनाइएको छ।

समद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित आयोजना गर्न लागिएकी ईभी एक्स्पोको पहिलो दिन ईभी र्‍यालीका साथै प्रदर्शनीस्थल मस्टीमण्डपमा उच्चस्तरीय बिजनेस मिटिडहरू पनि आयोजना गरिएको जनाइएको छ। 

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्री एसपीको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ।

नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भइसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तया सिँचाइ मन्त्रालयले निर्माण गरिसकेको छ।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको इप्पानले जनाएको छ। 

इप्पानका अनुसार ऊर्जा देशको आर्थिक समृ‌द्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट पो एक्स्पो आयोजना गरिएको हो।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा इप्पानको छ।

ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय/कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिक नियोगहरू, मित्र राष्ट्रहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरूबारे नीतिगत बहसका साथै नयाँ प्रविधि र उपकरणहरूको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरूको सहभागीता निश्चित भइसकेको इप्पानले जनाएको छ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागित्ता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जनाइएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend