मंगलबार, वैशाख १८ गते २०८१    
images
images

पुँजीकोष र सीडीको समस्या भएका बैंकहरुको कर्जा खरिद गर्न स्ट्यान्डर्ड चार्टर्डले देखायो चासो

कर्जा बिक्रीको जोखिमभार हटाउन आग्रह

images
images
images
पुँजीकोष र सीडीको समस्या भएका बैंकहरुको कर्जा खरिद गर्न स्ट्यान्डर्ड चार्टर्डले देखायो चासो

स्ट्यान्डर्ड चार्टर्ड बैंकपछि नेपाल एसबीआई बैंक कर्जा निक्षेप अनुपातका आधारमा सबैभन्दा सहज अवस्थामा छ। यस बैंकको कर्जा निक्षेप अनुपात ७४ प्रतिशत हाराहारीमा रहेको छ।

images
images

काठमाडौं- बैंकिङ प्रणालीमा देखिएको पुँजीकोष र कर्जा निक्षेप अनुपात (सीडी) दबाब कम गर्न राष्ट्र बैंकले विभिन्न उपायहरुको खोजी गरिरहेको छ। यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग छलफल गरेको छ।

images
images
images

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुँजीकोष दबाबमा रहेका बैंकहरुको कर्जा खरिदबिक्री, पुनर्खरिद वा टेकओभरको विद्यमान नीतिलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउन सुझाव दिएको राष्ट्र बैंक स्रोतको दाबी छ। 

images

स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा निक्षेप अनुपात र पुँजीकोष अनुपातमा निकै सहज र शून्य गैरबैंकिङ सम्पत्ति भएकाले दबाबमा रहेका बैंकहरुको कर्जा खरिद गर्न तयार रहेको संकेत राष्ट्र बैंकसमक्ष गरेको छ।

images

स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग पर्याप्त स्रोत भएपनि शाखा संख्या कम रहेकाले तल्लोस्तरमा गएर कर्जा प्रवाह गर्ने अवस्था नरहेकाले पुँजीकोष पर्याप्तता र कर्जा निक्षेप अनुपातमा सकस व्यहोरिरहेका बैंकहरुको कर्जा खरिद गर्ने प्रस्ताव गरेको राष्ट्र बैंक स्रोतको दाबी छ।

images
images

'बैंक वित्तीय संस्थामा देखा परिरहेको पुँजीकोष र कर्जा निक्षेप अनुपातको समस्या समाधानका लागि राष्ट्र बैंकले विभिन्न विकल्पमाथि छलफल गरिरहेको छ। यसै सन्दर्भमा स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग पनि छलफल भएको हो। बैंकले कर्जा खरिदबिक्री वा टेकओभरको व्यवस्थालाई प्रभावकारी बनाउन सुझाव दिएको छ। कर्जा खरिद बिक्री सम्बन्धी व्यवस्था राष्ट्र बैंकले एकीकृत निर्देशनमा व्यवस्था गरिसके पनि पनि यसको कार्यान्वयन हुन सकेको छैन। यसको व्यवस्थाको कार्यान्वयनका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकसँग आग्रह गर्दै जोखिमभारमा सहजताका लागि माग गरेको छ', स्रोतले भन्यो। 

यसअघि नै क्रेडिट खरिद बिक्री तथा टेकओभर सम्बन्धी व्यवस्था एकीकृत निर्देशन मार्फत गरिसकेकाले स्ट्यान्डर्ड चार्टर्डको प्रस्तावमा राष्ट्र बैंक सकारात्मक रहेको स्रोतको दाबी छ। 

यसका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्रेडिट बिक्री गर्न चाहने बैंक वित्तीय संस्थाको जोखिमभार कम गरिदिन आग्रह गरेको छ। हाल क्रेडिट खरिदबिक्री गर्ने दुवै बैंकहरुले १०० प्रतिशत जोखिमभार कायम गर्नुपर्ने व्यवस्था रहेकाले यसलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत परिवर्तन गरिदिन बैंकले आग्रह गरेको हो। 

कर्जा खरिद गर्ने बैंकलाई १०० प्रतिशत जोखिमभार राखे पनि बिक्री गर्ने बैंकको जोखिमभार हटाउन वा २० देखि ४० प्रतिशतको बीचमा कायम गरिदिन स्ट्यान्डर्ड चार्टर्ड बैंकले सुझाव दिएको छ। 

कर्जा खरिद गर्ने बैंकसँग जोखिमभार विद्यमान नै हुने तर कर्जा बिक्री गर्ने बैंकसँग जोखिमभार कम हुने भएकाले कर्जा बिक्री गर्ने बैंकको जोखिमभार घटाएमा उसको पुँजीकोषमाथिको दबाब कम हुने उसको दाबी छ। पुँजीकोषमा दबाब भएका बैंकहरुले कर्जा बिक्री गरेबापत नगद प्राप्त हुने हुँदा कर्जा निक्षेप अनुपातसमेत कम हुने विश्वास स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ। 

विभिन्न क्षेत्रमा स्पेसलाइजेसन भएका बैंकहरुको कर्जा खरिद गरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो सञ्चित स्रोतको उपयोग गर्न खोजेको छ। यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले विभिन्न क्षेत्रमा अनुभव भएका बैंकहरु जस्तै जलविद्युतमा अनुभव भएको एनएमबी र कृषिमा अनुभव भएको कृषि विकास बैंकले प्रवाह गरेको ऋणका आधारमा ऋणपत्र जारी गर्ने र त्यसमा अन्य बैंकहरुले लगानी गर्ने प्रस्ताव समेत राखेको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

बैंकहरुले आफ्नो ऋणलाई विकास ऋणपत्रमा परिवर्तन गरी बिक्री गर्दा यसले बैंकहरुको जोखिमभार कम हुने र निक्षेप कर्जा अनुपातको समस्या समाधान गर्न मद्दत पुग्ने स्ट्यान्डर्ड चार्टर्डको बुझाइ रहेको छ।

स्ट्यान्डर्ड चार्टर्डको प्रस्तावमा गभर्नर महाप्रसाद अधिकारी पनि सकारात्मक रहेकाले आगामी मौद्रिक नीतिको समीक्षामार्फत ऋणको खरिद बिक्री र विशिष्टिकृत बैंकहरुको कर्जालाई ऋणपत्रमा खरिद बिक्री गर्न पाउने व्यवस्थालाई राख्ने बारे छलफल भइरहेको राष्ट्र बैंक स्रोतको दाबी छ।

पछिल्लो त्रैमासमा स्ट्यान्डर्ड चार्डर्ड बैंकको कर्जा निक्षेप अनुपात ७३ प्रतिशत र पुँजी पर्याप्त कोष १६.०७ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विशेष गरी कुमारी बैंक, प्रभु बैंक, एनआईसी एसिया र मुक्तिनाथ विकास बैंक प्राथमिक पुँजीकोष ८.५ प्रतिशतभन्दा तल झरेको छ।

अर्कोतर्फ सरकारले स्थानीय सञ्चितिकोषको रकम निक्षेप गणनाबाट हटाएसँगै नबिल बैंक, कुमारी, प्रभु र प्राइम कमर्सियल बैंक कर्जा निक्षेप अनुपातको दबाबमा छन्। नबिल बैंक र कुमारीको सीडी ८५ प्रतिशतभन्दा माथि रहेको तथा प्रभु र प्राइमको ८३ प्रतिशतभन्दा माथि रहेको राष्ट्र बैंकको दाबी छ। 

सरकारी स्वामित्व भएको नेपाल बैंक लिमिटेड र एनएमबी बैंक सीडी ७८ प्रतिशतको हारामारीमा रहेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकपछि नेपाल एसबीआई बैंक कर्जा निक्षेप अनुपातका आधारमा सबैभन्दा सहज अवस्थामा छ। यस बैंकको कर्जा निक्षेप अनुपात ७४ प्रतिशत हाराहारीमा रहेको छ। 

यस्तो छ क्रेडिट पर्चेज/सेल्स कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था

राष्ट्र बैंकले एकीकृत निर्देशनको नियम २(१४) मा क्रेडिट सेल्स तथा बिक्री सम्बन्धी व्यवस्था गरेको छ। पुँजीकोष पर्याप्त भएका बैंकहरुले कर्जाको खरिद, बिक्री, पुर्नखरिद र कर्जाको टेकओभर गर्नसक्ने व्यवस्था गरेको छ। पुँजीकोष नपुर्‍याएका बैंकहरुले राष्ट्र बैंकको अनुमति नलिइ यस्ता कामहरु गर्न नसक्ने एकीकृत निर्देशनमा उल्लेख छ।

कर्जाको खरिदबिक्री, पुनर्खरिद वा टेकओभरका लागि सम्बन्धी बैंकले कर्जा नीतिमा स्पस्टरुपमा व्यवस्था गरेको हुनुपर्ने, कर्जा खरिद गर्दा सो कर्जा ग्राहकबाट असुलउपर गर्नसक्ने अधिकार लिनुपर्ने भएकाले सम्बन्धित ग्राहकसँग सहमति लिनुपर्ने व्यवस्था रहेको छ। 

कर्जा खरिद गरी लिनेले सो खरिद गरेको कर्जालाई आफ्नो हिसाबमा सम्बन्धित शीर्षकको कर्जा सापट उपशीर्षकमा लेखांकन गर्नुपर्ने, कर्जाको सर्त वा विस्तृत विवरण लिएर मात्रै कर्जा खरिद गर्नुपर्ने, कर्जा खरिद गरी लिने बैंक वित्तीय संस्थाले सम्बन्धित ऋणीले कर्जा लिएको मिति, कर्जाको किसिम, भुक्तानी अवस्था, विगतको कर्जा कराोबारको अवस्था, जमानतकर्ताको हैसियत, कर्जा वर्गीकरणको स्थिति, बाह्य लेखापरीक्षक लगायतका विवरण लिखितरुपमा लिएर कर्जा फाइलमा समावेश गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

कर्जा खरिद गर्ने बैंक वित्तीय संस्थाहरुले राष्ट्र बैंकको कर्जा वर्गिकरण कर्जा नोक्सानीसम्बन्धी विद्यमान व्यवस्थाअनुसार नै कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकको रहेको छ।

कर्जा खरिद गर्दा कर्जा सुरक्षित रहेको तथा संस्थालाई फाइदा भए/नभएको बारे यकिन हुने आधार खुल्ने कागजातसम्बन्धी कर्जाको फाइलमा आद्यवधिक गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत गरेको छ।

खरिद गर्ने वित्तीय संस्थाले कर्जा असुली गर्न नसकेको र बिक्री गर्ने वित्तीय संस्थाले कर्जा नउठेमा कर्जा असुली गर्ने सर्त कर्जा खरिद बिक्रीमा उल्लेख भएमा बिक्रीकर्ताले सम्भावित दायित्वको रुपमा लेखांकन गर्ने, लेखाटिप्पणीमा देखाउने र १०० प्रतिशत जोखिमभार कायम गर्नुपर्ने व्यवस्था रहेको छ।

यसरी सम्पूर्ण दायित्व कर्जा बिक्री गर्ने बैंकले नै उठाउनुपर्ने भएकाले यस्तो कारोबार निकै कम मात्रै हुने गरेको छ। कर्जा खरिद बिक्री, पुनर्बिक्री वा टेकओर बढाएर पुँजीकोष र सीडीको समस्या हल गर्न कर्जा बिक्री गर्ने कम्पनीको जोखिमभार शून्यमा झार्ने वा घटाउन स्ट्यान्डर्ड चार्डर्ड बैंकले लविङ गरेको हो।

कर्जा बिक्री गर्ने बैंकको जोखिमभार हटाएमा स्ट्यान्डर्ड चार्टर्डको प्रस्ताव सकारात्मक रहेको एक बैंकर्सले बताए। 

'निक्षेपमा दबाब भएका बैंकहरुले बेलाबखत यसको अभ्यास गरिरहेका छन्। तर, कर्जा खरिद गर्ने र बिक्री बैंकहरुको जोखिमभार उत्तिनै कायम गर्नु परेपछि यसले व्यापकता पाउन सकेको छैन। कर्जा बिक्री गर्ने बैंकको जोखिमभार हटाउने वा न्यून गर्ने हो भने यस्तो कारोबारलाई सकारात्मक मान्नुपर्छ', एक बैंकरले बताए।

नेपालमा ऋणीको आग्रहमा एउटा बैंकबाट लिएको कर्जा अर्को बैंकमा सार्ने प्रचलन छ। ब्याजदर र बैंकले दिने सेवा सुविधालगायत ऋणीको अनुरोधमा एउटा बैंकले अर्को बैंकबाट कर्जा खरिद गरिदिने प्रचलन बढी रहेको ती बैंकर्सले बताए। 

कर्जा निक्षेप अनुपातमा दबाब भएका बैंकहरुले पनि बेलाबखतमा यस्तो सुविधा लिइरहेका छन्।  

images

प्रकाशित : आइतबार, चैत २५ २०८००४:४६

प्रतिक्रिया दिनुहोस