शनिबार, वैशाख २९ गते २०८१    
images
images

बजार अब १० प्रतिशत घट्यो भने साना लगानीकर्ताको उठिवास हुन्छ, अर्थमन्त्री जिम्मेवार बन्नै पर्छ

images
images
images
बजार अब १० प्रतिशत घट्यो भने साना लगानीकर्ताको उठिवास हुन्छ, अर्थमन्त्री जिम्मेवार बन्नै पर्छ
images
images

सेयर बजार उच्च अंकबाट तर झर्न थालेको धेरै लामो भइसकेको छ। भदौ २ गते ३१९९ अंकमा कारोबार पुगेको थियो। त्यसयता ९१६ अंकले बजार घटिसकेको छ। 

images
images
images

अहिले सेयर बजारमा मात्रै हैन अर्थतन्त्रमा नै संकट देखिएको छ। अर्थतन्त्रमा वित्तीय तरलताको समस्या देखिएको छ। बैंकहरूमा पैसाको अभाव छ। लगानीयोग्य पैसा नहुँदा ऋण विस्तार रोकिएको छ। 

images

तरलता अभावको समस्या सम्बोधन हुँदै जाने आशा गरिए पनि दिनप्रतिदिन झन बढ्दै छ। यसको समस्या समाधान हुने भनेको राजनीतिक तवरबाट नै हो। 

images

यो विषयको मुख्य जिम्मेवार अर्थमन्त्री हो। अर्थमन्त्रीले नै यसको समाधान खोज्नु पर्ने हो। सुधारका लागि आवश्यक कदममा केही नसोच्ने देखिएको छ। त्यसमा पनि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले नकारात्मक धारणा दिँदै आउनु भएको छ। बजारमा पहिलेदेखि नै नकारात्मक सन्देश प्रचार गर्नेहरूको हावी थियो। 

images
images

यसले झन नकारात्मक प्रचारमा सहयोग पुगेको छ। प्रचण्डले आगोमा घ्यू थप्ने काम गर्नु भएको छ। राजनीतिक तहमा बसेका व्यक्तिहरूले के कुरामा ध्यान दिनु पर्छ भने पुँजी बजारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कति जनता जोडिएका छन् भने ख्याल गर्नु पर्छ। 

अहिले प्रत्यक्ष रुपमै बजारमा २५ लाखको हाराहारीको जनसंख्या जोडिएको छ। अप्रत्यक्ष लाग्नेसम्मलाई हेर्ने हो भने ५० लाखभन्दा बढी भइसकेको छ।  

तिनीहरूले समेत प्रभावित पार्न सक्ने जनसंख्यालाई समेत हेर्ने हो भने १ करोडको पुग्छ। यो जनमतलाई धुलमुलाउने काम भइरहेको छ। जुन समस्या हो त्यसलाई सम्बोधन गर्नुको सट्टा नकारात्मक प्रचारमा घ्यू थप्ने काम भएको छ।

यसले गर्दा पनि बजारमा समस्या आएको छ। सम्रगमा सेयर बजार मात्रै नभएर हाम्रो अर्थतन्त्रमा नै असर पार्दै गएको छ। सेयर बजार त एउटा अर्थतन्त्रको मेरुदण्ड मात्रै हो। अर्थतन्त्रलाई सुधार गर्ने खालको कुनै पनि कदमहरू राजनीतिक तवरबाट उठाइँदैन भने चुनावमा समेत प्रभाव पार्न सक्छ। 

यो विषयलाई गम्भीर रुपमा बुझ्नु पर्छ। बजारमा जोडिएका लगानीकर्ता पहिले २/४ लाख मात्रै थिए। अहिले त्यो छैन। बढेको लगानीकर्ताको वर्गलाई जिस्काउन खोज्नु भनेको राजनीति गर्नेहरूलाई नै बोझ हुन सक्छ। 

तर बजार जसरी पनि बढ्ने हो। बुलिस ट्रेण्ड सकिएको छैन। तर बढनुभन्दा पहिले ड्यामेज कति गर्छ भने विषय ठूलो हो। निकै नै ड्यामेज हुने गरी घट्ने अवस्था आयो भने विकराल समस्या उत्पन्न हुन्छ।

अब सेयर बजारबाट अब ९/१० वर्ष प्रतिशत मात्रै घट्ने हो पनि पछि प्रवेश गरेका साना लगानीकर्ता विस्थापित नै हुने अवस्था आउँछ। साना लगानीकर्ताले थोरै थोरै गरेर संकलन गरेको पैसा सेयरमा लगानी गरेका छन्। राजनीतिक कारणले बजार घट्यो भने साना लगानीकर्ताको उठिवास लाग्ने अवस्था आउन सक्छ। यसमा अर्थमन्त्री जिम्मेवार हुनै पर्छ। 

जुन आशाले कमाउनका लागि बजार प्रवेश गरेको थिए उनीहरू सबैको आशा मर्नेछ। विस्थापित भएका लगानीकर्ताले दोष त सरकारमाथि नै थुपार्ने हो। 

हुन त प्राविधिक रुपमा बजारलाई हेर्दा २२ सय भन्दा तल बजार जाँदैन। २२ सयको बिन्दुमा राम्रो सपोर्ट देखाएको छ। २२ सयभन्दा तल आउँदा पनि इन्ट्रा डे मात्रै आउने हो। बजार बन्द हुँदा २२ सय अंकभन्दा तल झर्दैन।

images

प्रकाशित : मंगलबार, मंसिर २८ २०७८०१:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend