शुक्रबार, चैत १६ गते २०८०    
images
images

व्यवस्थित सार्वजनिक यातायात नहुँदा निजी सवारी अत्यावश्यक बन्दै

images
images
व्यवस्थित सार्वजनिक यातायात नहुँदा निजी सवारी अत्यावश्यक बन्दै

सोही समयमा निजी सवारीमा बढी आकर्षण बढेको थियो। त्यसपछि २०७६ चैतबाट सुरुको भएको कोरोना महामारीले पनि निजी सवारीमा झन आकर्षण बढायाे।

images
images

काठमडौं- निजी सवारी साधन आजको आवश्यता हो कि विलासिता, यो प्रश्न लामो समयदेखि बहसमा छ। सरकारले निजी सवारी साधनलाई विलासिता मानेको छ।

images
images
images

तर, व्यवसायीले निजी सवारी आजको आवश्यकता भएको तर्क गर्दै आइरहेका छन्। कोभिडपछि आमजनमानसले पनि निजी सवारी साधनलाई विलासिताभन्दा पनि अत्यावश्यक साधनका रुपमा लिन थालेका छन्।

images

निजी सवारी साधन किन आज अत्यावश्यक बन्यो? यसका पछाडि २ वटा विषय जोडिएको छ। एउटा हो कहिले नसुध्रिने सार्वजनिक यातायात  र अर्को मानिसको उपभाेग्य आम्दानी बढ्नु।

images
images

केही वर्ष अघिसम्म पनि रातो नम्बर प्लेटको गाडी चढ्नेहरु माेटाे आम्दानी हुने सम्भ्रान्त वर्ग र उच्चपदस्थ अधिकारीहरु हुन्थे। तर, अहिले त्यो ट्रेन्ड नै परिर्वतन भएको छ। 

पहिले दुईपांग्रे सवारीमा आकर्षण बढी थियो। विस्तारै ग्राहकहरु दुइपा‌‌‌ग्रेबाट निजी कारमा अपग्रेड हुन थालेका छन्। तर, यसो भन्दै गर्दा मोटरसाइकलको आकर्षण अहिले पनि बढी नै छन्।

निजी सवारी प्रयोगकर्ताले पनि सबैभन्दा पहिले दुइपा‌‌‌ग्रे बढी प्रयाेग गर्छन। निजी सवारीमा आकर्षण बढ्नुको अर्को कारण हो ३/४ वर्ष अगाडिसम्म सवारी खरिदमा बैंक तथा वित्तय संस्थाकाे ऋण लगानी । एक समय बै‌‌कले ९० प्रतिशतसम्म अटो लोन दिने गर्थे।

सोही समयमा निजी सवारीमा बढी आकर्षण बढेको थियो। त्यसपछि २०७६ चैतबाट सुरुको भएको कोरोना महामारीले पनि निजी सवारीमा झन आकर्षण बढायाे।

अहिले नेपालमा ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्। त्यसमा पनि ८० प्रतिशतभन्दा बढी निजी सवारी साधन रहेका छन्। अर्को विषय बैंकिङ क्षेत्रमा निजी क्षेत्रको प्रवेशले सवारी साधनमा पहुँच र आकर्षण बढाएको समेत अटो व्यवसायीहरु बताउँछन्।

बैंकहरूले सावरीसाधन खरिदमा उदारतापूर्वक कर्जा दिन थाले। खासै बचत नभए पनि कर्जाको किस्ता बुझाउन सक्ने जो कोहीले निजी सवारी किन्न सक्ने भएका छन्। 

२०४६/०४७ सालसम्म नेपालमा कुल ७६ हजारको हाराहारीमा मात्रै सवारी दर्ता भएको सरकारी तथ्यांक छ। अहिले बढेर ४० लाखभन्दा बढी भइसेको छ। यसबाट पनि के पुष्टी हुन्छ भने अहिले निजी सवारी साधन अत्यावश्यक सवारी साधन भएको छ।

नेपाली बजारमा अहिले २० लाख रुपैयाँदेखि ५ कराेड मूल्यसम्मका गाडीहरु उपलब्ध छन्। सार्वजनिक यातायात भरपर्दो नभएपछि निजी सवारीमा बढ्दो आकर्षण देखिन्छ।

नेपालमा अहिले सार्वजनिक सवारीसाधनका रूपमा प्रयोग भइरहेका बस तथा माइक्रोको संख्या कम छ। यसमा दुइपा‌ग्रे र प्यासेन्जर कारको हिस्सा सबैभन्दा बढी छ, जुन निजी सवारी साधनका रूपमा प्रयोग हुँदै आएको छ।
अहिले निजी सवारी विलासिताको साधनबाट अत्यावश्यक सवारीसाधनको बनिसकेको नाडा अटोमोबाइल्स एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन्।

‘जसरी निजी सवारी अत्यावश्यक बन्दै छ। तर, सोही अनुरुपको पूर्वाधार भने भनेको छैन,’ उनले भने,  ‘सरकारले कर संकलनलाई मात्रै नहेरी पूर्वाधार विकासमा पनि जोड दिनुपर्छ।’

राज्यले सवारी साधनबाट जसरी कर संकलन गर्ने हतियार बनाएको छ त्यो भने अन्त्य हुने पर्ने दुलालत बताउँछन्। तर, कर बढ्दै जाँदै व्यवसायीलाई भन्दा उपभोक्तालाई नै प्रत्यक्ष असर गर्ने हुँदा उपभोक्ता नै कर घटाउन लाग्नुपर्ने उनको भनाइ छ।

यातायात विज्ञ आशिष गजुरे सार्वजनिक यातायात नै संसार भरी नै विलासी साधन नै रुपमा लिइने बताए। 

‘नेपालमा भने सार्वजनिक सवारी साधन नराम्रो हँदा निजी सवारी बढेको छन्। जसरी निजी सवारी साधन प्रयोगकर्ता बढी रहेका छन् यो हुनुमा बिग्रदो सार्वजनिक सवारी हो,’ उनले भने, ‘यसकारण निजी सवारी साधनलाई विलासिताको सवारी भन्न मिल्दैन।’

सार्वजनिक सवारीमा अरूले सेवा दिने, फराकिलो, पत्रिका पढ्न पाइने, मोबाइल प्रयोग गर्दै आरामदायी यात्रा गर्न पाइने भएकाले विदेशमा यो नै विलासी साधन मानिने गजुरेलकाे भनाइ छ।

आजभन्दा २० वर्ष अघिसम्म कार चढ्नेलाई सबैले चिन्थे वा भनौँ त्यस्ता मानिस सीमित थिए। तर अहिले अवस्था धेरै बदलिएको छ। अहिले मानिसहरूको काम गर्ने क्षेत्र/दायरा फराकिलो भइसकेको छ। 

आज देशभर ४० लाखभन्दा बढी सवारी दर्ता भएका छन् भने १३/१४ लाख त काठमाडौं उपत्यकामै गुडिरहेका हुन्छन्। कोभिडपछि सवारीको आपूर्ति कम भएर होला निजी सवारी किन्न चाहनेले केही महिना कुर्नुपर्ने अवस्थासमेत आएको छ।

यो सबै हामी धेरै धनी भएर भएको पनि होइन, सार्वजनिक यातायातप्रति विश्वास नभएर हो। निजी सवारीको प्रयोग बढ्नुको मुख्य कारण छोटकरीमा भन्दा अविश्वसनीय सार्वजनिक यातायात, पछिल्लो पटक महामारीको रुपमा फैलिएको कोरोना र विलासिता पनि हो। मानिसहरूसँग पैसा छ, त्यो कहाँ उपयोग गर्ने त भन्दा विलासी तथा महँगा सवारीसाधन खरिद गर्ने हो।

images

प्रकाशित : आइतबार, मंसिर २६ २०७८०१:५२

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ