शनिबार, वैशाख ८ गते २०८१    
images
images

विदेशबाट नेपाल आउँदा सुन ल्याउँदै हुनुहुन्छ, के गहना हो के होइन? यस्तो छ भन्सारको परिभाषा

images
images
विदेशबाट नेपाल आउँदा सुन ल्याउँदै हुनुहुन्छ, के गहना हो के होइन? यस्तो छ भन्सारको परिभाषा
images
images

काठमाडौं- सरकारले पछिल्लो समय सुन तस्करी बढेको भन्दै भित्रिने बाटोमा कडाईका साथ अनुगमन थालको छ। त्यसमा पनि नेपालको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने व्यक्तिले ल्याउने सुनमा विशेष निकारीका साथ अनुगमन गरिरहेको छ।

images
images
images

अर्थमन्त्रालय र भन्सार विभागका करिब २ दर्जन कर्मचारीलाई एक साता काजमा विमानस्थल खटाएर अहिले सुनको विषयमा विशेष निगरानी गरिरहेको छ।

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले सोमबारबाट विशेष निगरानी भएको जानकारी दिए।

images

सबैभन्दा पहिलो विदेशबाट आउँदा कस्तो सुन कति ल्याउन पाइन्छ भने विषयमा चर्चा गरौ :

images
images

कानूनले सुन ल्याउँदा २ वटा व्यवस्था गरेको छ। पहिलो व्यवस्था हो सुनको गहना ५० ग्राम, चाँदीको गहना ५ सय ग्राम र १ लाख रुपैयाँसम्मको जवारित जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया ल्याउँदा भन्सार नलाग्ने व्यवस्था गरेको छ।

तर गहना पनि २ सय ५० ग्रामभन्दा बढीको ल्याउन पाइदैन। ५१ ग्रामदेखि १ सय ५० ग्रामसम्म प्रतिग्राम १ हजार ५० रुपैयाँ र थप १५१ देखि २ सय ५० ग्रामसम्मको प्रति ग्राम १ हजार २ सय रुपैयाँ भन्सार लाग्छ।

goald A.jpg

काँचो सुनमा के छ त व्यवस्था

विदेशबाट आउँँदा १ सय ग्रामसम्म काँचो सुन ल्याउन पाइन्छ। तर भन्सार भने तिर्नु पर्ने हुन्छ। ५० ग्रामसम्मको काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ९ हजार ५ सय रुपैयाँका दरले तिर्नु पर्ने हुन्छ। त्यसमा थप ५ सय ६५ रुपैयाँ लाग्ने छ। यसरी ५० ग्रामसम्म काँचो सुन ल्याउँदा ४८ हजार ६५ रुपैयाँ लाग्छ।

goald B.jpg

यसैगरी कसैले १ सय ग्राम काँचो सुन ल्याएको छ भने ५१ ग्रामदेखि १ सय ग्रामसम्मको हकमा थप प्रतिदश ग्राम १० हजार ५ सय रुपैयाँका दरले ५२ हजार ५ सय रुपैयाँ गरी कुल १ लाख ५ सय ६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ। तर १ सय ग्रामभन्दा बढी काँचो सुन ल्याए जफत हुने व्यवस्था छ।

अहिले कसरी सनुमा अनुगमन भइरहेको छ?

भन्सार कार्यालयले अहिले विदेशबाट आउनेले आफ्नो साथमा ल्याएको सुनको गहना तथा काँचो सुनमा कानूनले तोके अनुसार भन्सार लगाउने तथा छुट दिइरहेको भट्टराई बताउँछन्।

तपाईहरुले औँठी, बाला तथा रिङलाई पनि काँचो सुन भनेर भन्सार तिराउनु भएको भन्दै विदेशबाट नेपाल फर्कनेहरुले सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् नि भनेर बिजनेश न्युजले भट्टराईलाई प्रश्न गरेका थियो। उक्त प्रश्नमा उनले कानूनले तोकेको अधिकार क्षेत्रभित्र असल नियतले ल्याइएको सुनको गहना तथा काँच सुनमा कुनै समस्या खडा नभएको दाबी गरेका छन्।

उनको भनाइ जस्ताको तस्तै :

कानूनले हाम्रो सामाजिक संस्कार अनुसार गहरगहना लगाउने चलन छ। त्यसलाई सम्बोधन गर्ने गरी ५० ग्रामसम्म सुनको गहना ल्याउँछन् भने त्यसमा भन्सार महशुल लाग्दैन। गहना भन्ने वित्तिकै सुनमा कालीगढको सिप पनि जोडिएको हुन्छ।

कालिगढको सिप जोडिएपछि मात्रै गहना बन्छ। असल मनासयले सरकारले हाम्रो आचरणलाई सम्बोधन गर्ने गरी ५० ग्रामसम्मको गहनामा भन्सार छुट दिएको छ।

तर असल मनासयका साथ गरिएको व्यवस्थाको दुरुपयोग गर्दै सुनका तारहरुलाई कटिङ गर्ने र यति कटिङ गर्दा ५० ग्राम हुन्छ भनेर सफ्लायरले जानेको हुन्छ। कटिङ गरेपछि त्यसलाई घुमाएर बाला हो भन्ने वा त्यसलाई केही फन्को बनाएर औँठी हो भन्ने  देखाएर तस्करले नेपाल ल्याउने प्रवृति बढ्यो।

goald D.jpg

उहाँहरुले भन्दा बेरुवा औँठी हामीले भन्दा त्यो काँचो सुन। यसो गर्नु भनेको विशुद्ध कानूनी व्यवस्थाको गलत व्याख्या गरेर ल्याईएको सुन हो। यसलाई हामीले नियन्त्रणमा लिएका हौं। जफत गरेका हैनौं।

हामीले कानूनअनुसार भन्सार महसुल तिर्नुहोस् भनेको मात्रै हो। हामीले कालिगढको सिप नदेखिने सुनलाई उनीहरुले गहना भने पनि कानूनअनुसार काँचो सुन भनेको हो। यसको परीक्षणमा कुनै कमजोरी छैन।

goald e.jpg

हामीले नियन्त्रणमा लिएको ९९ प्रतिशत गहना भनिए पनि त्यो काँचो सुन नै हो। त्यसमा पनि ९९ प्रतिशत महिलाले गहना लगाउँछन्। हामीले त्यसमा केही गरेका छैनौं। पुरुषले लगाएर आउने सुनमा पनि कुनै समस्या छैन।

यहाँ त काँचो सुनलाई बेरेर/बटारेर गहना भनेर ल्याउानको मात्रै नियन्त्रणमा लिएका हो। उहाँहरुलाई भन्सार तिरेर लैजानु भनेका हो। हामीले गरेको पहिचामा ९९ प्रतिशत कमजोरी छैन।

४ दिनमै ५७.८८ किलो सुन नियन्त्रणमा

भन्सार कार्यालयले सोमबार, मंगलबार, बुधबार र बिहीबार गरी ४ दिनमा १ हजार ९ सय ९६ जनाले ल्याएको सुन जफत गरेको हो। कार्यालयले सोमबार ४ सय १५  जना, मंगलबार २ सय ४४, बुधबार ३ सय २६ र बिहीबार २ सय ११ जनाले ल्याएको सुन नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट ५७.८ किलो सुन नियन्त्रण लिएको कार्यालयले जनाएको छ। जसमा सोमबार २० हजार ७ सय ५० ग्राम, मंगलबार १२ हजार २ सय ग्राम, बुधबार १५ हजार १ सय ६५ ग्राम र बिहीबार ९ हजार ७ सय ७४ ग्राम नियन्त्रणमा लिइएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

goald C.jpg

जसमा ९ सय ९६ जनाले ४०.८९८ किलो सुन भन्सार महशुल तिरेर लगको कार्यालयको भनाइ छ। यसबाट भन्सार कार्यालयले कुल ३ करोड ९४ लाख  २ हजार  ५ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ।

images

प्रकाशित : शनिबार, मंसिर १८ २०७८०५:१६

प्रतिक्रिया दिनुहोस