बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

सवारी लाइसेन्स लिन र नवीकरण गर्न कति लाग्छ शुल्क

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
सवारी लाइसेन्स लिन र नवीकरण गर्न कति लाग्छ शुल्क

लाइसेन्स प्राप्त गर्न आवेदन दिनेले सुरुमा ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। जुन सुकै वर्गको लाइसेन्स लिन चाहेपनि आवेदन शुल्क भने समान छ। नवीकरण गर्दा मोटरटरसाइकल, कार\जिप\भ्यान, मिनिट्रक\बस, मेसिनरी उपलकरणको भिन्दाभिन्दै शुल्क रहेको छ। 

images
images

काठमाडौं- काेराेना भाइरसको संक्रमण बढेसँगै बैशाख १६ देखि जारी निषेधाज्ञाले रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा गएको आइतबारदेखि खुलेको हो। लिखित र ट्रायल परीक्षाको पर्खाइमा करिब ६ लाख मानिस थिए। यद्यपी नयाँ आवेदन भने अझै खुलेको छैन। 

images
images

लाइसेन्स प्राप्त गर्न आवेदन दिनेले सुरुमा ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। जुनसुकै वर्गको लाइसेन्स लिन चाहे पनि आवेदन शुल्क भने समान छ। नवीकरण गर्दा मोटरटरसाइकल, कार\जिप\भ्यान, मिनिट्रक\बस, मेसिनरी उपलकरणको भिन्दाभिन्दै शुल्क रहेको छ। 

images
images

मोटरसाइकलको नवीकरण शुल्क १५ सय रुपैयाँ र वर्ग थपका लागि ५ सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था बागमती प्रदेश सरकारले गरेको छ। प्रदेश सरकारले प्रदेश आर्थिक ऐन २०७८ मा केही फेरबदल गरेर नयाँ शुल्क तय गरेको थियो।

images
images

कार\जिप\भ्यानको नवीकरण शुल्क २ हजार रुपैयाँ र वर्ग थप गर्न ५ सय रुपैयाँ नै तोकिएको छ।मिनिबस\मिनिट्रकको नवीकरण गर्न २ हजार ५ सय र वर्ग थपका लागि १ हजार रुपैयाँ श्ल्क लाग्छ।

त्यसैगरि ट्रक, बस र लहरी र मेसिनरी उपलकणको नवीकरण र वर्ग थपका लागि समान शुल्क क्रमशः ३ हजार र १ हजार रुपैयाँ लाग्छ। नयाँ लाइसेन्स लिनेले परीक्षा पास गरेपछि नवीकरणका लागि तोकिएकै शुल्क राजश्व तिरेर लाइसेन्स पाउने छन्।  

कुन सवारीको लाइसेन्स लिन शुल्क कति?

nabikaran.jpg


प्रकाशित : मंगलबार, भदौ २२ २०७८१२:१२
  • सम्बन्धित विषय:

  • # लाइसेन्स
  • # लाइसेन्स नवीकरण
  • # नवीकरण शुल्क
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend