सोमबार, वैशाख २४ गते २०८१    
तस्बिरमा जाजरकोट भूकम्प, क्षति र उद्धार

तस्बिरमा जाजरकोट भूकम्प, क्षति र उद्धार

काठमाडौं- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ।

images
images
images

भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन्। त्यहाँ मानवीय क्षति भएको छैन। 

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडामा केन्द्रबिन्दु बनाइ ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

तस्बिरहरु : रासस

Jajarkot - earthquake (1).JPG
 शुक्रबार राति आएको भूकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएको घर।

ajarkot - earthquake.JPG

Jajarkot - earthquake (2).JPG

Jajarkot - earthquake (3).JPG

Jajarkot - earthquake (9).jpg
जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले रुकुम पश्चिममा पुर्‍याएको क्षति।
Jajarkot - earthquake (4).JPG
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पले क्षति भएको क्षेत्रमा स्वास्थ्यकर्मीको टोली लिएर जाँदै।
Jajarkot - earthquake (5).JPG
प्रधानमन्त्री प्रचण्ड जाजरकोट जिल्ला अस्पतालमा भूकम्पबाट घाइते भइ उपचाररतको अवस्थाबारे जानकारी लिँदै।
Jajarkot - earthquake (6).JPG
हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लैजाँदै नेपाली सेनाको टोली।
Jajarkot - earthquake (7).JPG
भूकम्पमा परी घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुँदै।
Rukum - jajarkotearthquake.JPG
भूकम्पबाट घाइते भएका जाजरकोट भेरी नगरपालिका १ र रुकुम पश्चिम सानीभेरी गाउँपालिका ४ का घाइतेलाई नेपालगञ्ज लगिँदै। 


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००६:१३

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार