बुधबार, वैशाख २६ गते २०८१    
images
images

कोभिड महामारीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गुमायो साढे १६ अर्ब

निर्माणमा ढिला हुँदा 'टाइम भ्यालु अफ मनी' मा समेत ठूलो क्षती

images
images
images
कोभिड महामारीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गुमायो साढे १६ अर्ब

आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा आइपुग्दा अनुमानित आयमा १६ अर्ब ४९ करोड  ७५ लाख ५४ हजार रुपैयाँ कम भएको जनाएको छ।

images
images

काठमाडौं- कोभिड महामारीका कारणले नेपाल नागरिक उड्डयन प्राधिकरणले १६ अर्ब रुपैयाँभन्दा धेरै गुमाएको छ।

images
images
images

महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको नागरिक उड्डयनको सेवाप्रदायक तथा नियामक प्राधिकरणले अर्बौं रुपैयाँको आम्दानी गुमाएको छ। विस २०७६ को माघदेखि नेपालमा कोभिडको प्रभाव देखिन थालेको थियो। ३ वर्षसम्म कोभिडको असर देखिएको थियो। कोभिडका कारण विश्वको अर्थतन्त्रसँगै नेपालमा अर्थतन्त्रमा समेत असर परेको थियो जसको प्रभाव अझै कायम छ।

images

कोभिड-१९ का कारण विश्वको पर्यटन तथा उड्डयन क्षेत्रमा सबैभन्दा बढी असर परेको थियो। महामारीको समयमा एक देशले अर्को देशको उडानमा समेत प्रतिवन्ध लगाएका थिए। जसका कारण पर्यटकको चलायमान शून्य जस्तै भएको थियो। सम्रगमा पर्यटन तथा नागरिक उड्डयन क्षेत्र ठप्प जस्तै भएको थियो।

images

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन कोभिड-१९ भन्दा अगाडिको अवस्थामा नपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। जसका कारण प्राधिकरणले पछिल्लो ४ वर्षमा साढे १६ अर्ब आम्दानी गुमाएको निष्कर्ष निकालेको छ। प्राधिकरणले हरेक वर्ष १० प्रतिशतको दरले आम्दानी वृद्धि हुने गरेको विगतको प्रवृत्ति अनुसार  नै अनुमानित आय आँकलन गर्दै आएको थियो। तर कोभिडको असरका कारण आम्दानीमा ठूलो क्षति पुगेको जनाएको छ।

images
images

आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा आइपुग्दा अनुमानित आयमा १६ अर्ब ४९ करोड  ७५ लाख ५४ हजार रुपैयाँ कम भएको जनाएको छ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ९ अर्ब ६९ करोड रुपैयाँ आम्दानी अनुमान गरेकोमा जम्मा ६ अर्ब २५ करोड मात्रै आम्दानी गरेको थियो। उक्त वर्ष प्राधिकरणले अनुमानितभन्दा ३५.४४ प्रतिशत आय गरेको थियो। प्राधिकरणले सो वर्ष ३ अर्ब ४३ करोड अनुमानितभन्दा कम आय गरेको थियो।

यसैगरी २०७७/०७८ मा अनुमानितभन्दा ७२ प्रतिशत कम आय भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार उक्त वर्ष प्राधिकरणले १० अर्ब ६६ करोड रुपैयाँ अनुमानित आय हुने आँकलन गरेको थियो। तर ७ अर्ब ७३ करोडले कम भइ २ अर्ब ९२ करोड रुपैयाँ मात्रै आम्दानी गरेको थियो। 

साथै प्राधिकरणले ०७८/०७९ मा ११ अर्ब ७३ करोड आय हुने अनुमान गरेको थियो। तर ३७.४६ प्रतिशतले कम भइ ७ अर्ब ३३ करोड रुपैयाँ मात्रै आम्दानी गरेको थियो। उक्त वर्ष प्राधिकरणले ४ अर्ब ३९ करोड कम आय भएको जनाएको छ। 

प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा भने आम्दानी वृद्धिमा केही सुधार भएको जनाएको छ। उक्त वर्ष अनुमानित आय भन्दा ६.४७ प्रतिशत मात्रै कम आय भएको प्राधिकरणले जनाएको छ। गत वर्ष १४ अर्ब ३२ करोड अनुमानित आय हुने आकलन भए पनि १३ अर्ब ३९ करोड वास्तविक आय गरेको थियो। प्राधिकरण प्रवक्ता निरौलाका अनुसार गत आवमा अनुमानित आय भन्दा ९२ करोड रुपैयाँ मात्रै कम आय भएको थियो।  

प्राधिकरणले २०७९ जेठ १३ गतेदेखि लागूमा ल्याएको विमानस्थल सेवा शुल्क नियमावली २०७८को  अनुसार रकम संकलन हुँदा आयमा केही सुधार देखिएको जनाएको छ।

प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आन्तरिक विमानस्थलहरुको निर्माणमा समेत कोभिडले असर गरेको र समयमा नै सम्पन्न हुन नसक्दा 'टाइम  भ्यालू अफ मनी' मा ठूलो क्षति भएको जनाएको छ। तर अहिले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न भइसकेको छ। 

प्राधिकरणको आयमा कमी हुँदा कतिपय विकास निर्माणको काम रोकिएको र नयाँ काममा समेत असर परेको प्राधिकरणको भनाइ छ। 

images

प्रकाशित : बुधबार, भदौ १३ २०८००४:११

प्रतिक्रिया दिनुहोस