शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

बैंक मर्जरमा घुस माग्ने कर्ण महालेखा परीक्षक नियुक्तिका लागि दौडधुपमा 

विराटनगर जुट मिल्सको सम्पत्ति हिनामिनामा न्यायिक छानबीनले कारबाहीको सिफारिस गरेको थियो 

images
शुक्रबार, साउन १९ २०८०
images
बैंक मर्जरमा घुस माग्ने कर्ण महालेखा परीक्षक नियुक्तिका लागि दौडधुपमा 

जुटमिल्सदेखि राष्ट्र बैंकसम्म अनियमितता र विवादले घेरिएका कर्ण अहिले महालेखा परीक्षक नियुक्ति खानाका लागि शक्तकेन्द्र धाउँदै हिडेका छन्। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकको सञ्चालक हुँदा बैंक मर्जरका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेका चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण महालेखा परीक्षक नियुक्तिका लागि दौडधुपमा लागेका छन्। 

images
images
images

राष्ट्र बैंकको गभर्नरदेखि महालेखा परीक्षक खाली हुँदा सदाझै नियुक्तीका लागि कर्ण यो पालि पनि दौडधुपमा लागेका छन्। 

images
images

संवैधानिक परीषदको बैठकले महालेखा परीक्षकको नियुक्तीका लागि प्रक्रिया अघि बढाएसँगै कर्णले सक्रियता बढाएका छन्। यसअघि २०७४ सालमा पनि कर्ण प्रतिस्पर्धामा थिए। 

images
images

सुवोधकुमार कर्ण विवादित व्यक्ति हुन्। विभिन्न सरकारी संस्थानमा काम गरेको र त्यसमा विवादित भएका कर्ण पछिल्लो समय नेपाल राष्ट्र बैंकको सञ्चालक हुँदा विवादित भएका थिए। 

नेपाल बंगलादेश बैंक र नबिल बैंकको मर्जरमा सहजीकरण गरिदिने भन्दै कर्णले घुस मागेको म्यासेजको स्क्रिनसट सार्वजनिक भएको थियो। सिधै घुस माग्दासमेत कर्णमाथि कुनै छानबीन भएको थिएन। 

कर्ण सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा कारबाहीका लागि सिफारिसमा परेका व्यक्ति पनि हुन्। विराटनगर जुट मिल्सको सम्पत्ति हिनामिनाको आरोपमा उच्च अदालत विराटनगरका तत्कालीन न्यायधीन शेखर पौडेल नेतृत्वको समितिले कारबाहीका लागि कर्णलाई कारबाहीको सिफारिस गरेको थियो। 

उक्त सिफारिस अनुसार सरकारले नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्था (आईक्यान)लाई कारबाहीका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसका सन्दर्भमा अनुसन्धान भइरहेको आईक्यानले जानकारी दिएको छ। 

सार्वजनिक सम्पत्तिको हिनामिनाको अभियोगमा न्यायिक समितिले कारबाहीको सिफारिस गरेको कर्ण अहिले महालेखा परीक्षक नियुक्तीका लागि दौडधुपमा लागेका छन्। 

जुटमिल्सदेखि राष्ट्र बैंकसम्म अनियमितता र विवादले घेरिएका कर्ण अहिले महालेखा परीक्षक नियुक्ति खानाका लागि शक्तकेन्द्र धाउँदै हिडेका छन्। 

कर्ण हाल मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) नेपालको आन्तरिक लेखापरीक्षण गर्दै आएका छन्। गम्भिर आरोपित कर्णमाथि राजनीतिक आशिर्वादले कारबाही टर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, साउन १९ २०८००४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend