शनिबार, असोज ५ गते २०८१    
images
images

बढ्दै छ गलैँचा, यार्चागुम्बा र अम्रिसो निर्यात

एक वर्षमा ४४ करोड रूपैयाँको यार्सागुम्बा निर्यात

images
बिहीबार , साउन १८ २०८०
images
images
बढ्दै छ गलैँचा, यार्चागुम्बा र अम्रिसो निर्यात

पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा बिरालोको खानासमेत पर्दै गएको छ। विगत पाँच वर्षमा मात्रै मुलुकबाट १० अर्ब रूपैयाँको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ।

images
images

काठमाडौं- गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्ब रूपैयाँभन्दा बढी छ। अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ। व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन।

images
images
images

सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र विस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ। यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ। जसमध्ये गलैँचा, अलैँची, अम्रिसो, कुकुर तथा बिरालोको खाना, यार्सागुम्बा पनि पर्छन्। जसको निर्यातबाट गत आवमा मुलुकले २४ अर्ब रूपैयाँभन्दा बढी आम्दानी गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा नेपालबाट ४१ अर्ब रूपैयाँ बढीको कार्पेट (गलैँचा) निर्यात भएको छ। गत आवमा २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रूपैयाँको गलैँचा निर्यात भएको विभागको भनाइ छ।

यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुलुकमा निर्यात हुन्छ। ऊन तथा जनावरका रौँबाट बनेका यस्ता गलैँचाको माग विशेषगरी अमेरिका तथा यूरोप नै हो। गत आवमा अमेरिकामा मात्रै सात अर्ब १८ करोड २५ लाख ६७ हजार रूपैयाँ बराबरको गलैँचा निर्यात भएको छ। साथै जर्मनीमा ८८ करोड ७० लाख २२ हजार रूपैयाँ, बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार रूपैयाँ, इटलीमा ६१ करोड ४६ लाख ६२ हजार रूपैयाँ मूल्य बराबरको गलैँचा निर्यात भएको छ। साथै गत आवमा फ्रान्समा ३४ करोड २५ लाख ९२ हजार रूपैयाँ बराबरको गलैँचा निर्यात भएको छ।

images

भन्सार विभागका अनुसार अघिल्लो आवमा कुल नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार रूपैयाँ मूल्य बराबरको गलैँचा निर्यात भएको छ। त्यस्तै आव २०७७/७८ मा सात अर्ब २४ करोड ४० लाख ५० हजार रूपैयाँ, आव २०७६/७७ मा छ अर्ब १५ करोड ७७ लाख छ हजार रूपैयाँको तथा आव २०७५/७६मा सात अर्ब ३६ करोड ९६ लाख ९५ हजार रूपैयाँको गलैँचा विभिन्न देशमा निर्यात भएको छ। 

आठ अर्बको अलैँची निर्यात

विभागका अनुसार गत आवमा आठ अर्ब रूपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ। मुलुकको वैदेशिक व्यापारमा अलैँची निर्यातको मूख्य भूमिका छ। गत आवमा आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार रूपैयाँ मूल्य बराबरको अलैँची मुलुकबाट निर्यात भएको छ। जुन अघिल्लो आवमा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रूपैयाँ थियो।

विभागका अनुसार आव २०७७/७८ मा सात अर्ब एक करोड आठ लाख २९ हजार, आव २०७६/७७ मा दुई अर्ब ५३ करोड ९५ लाख ९५ हजार तथा आव २०७५/७६ मा दुई अर्ब ७१ करोड ४९ लाख ४२ हजार रूपैयाँ बराबरको अलैैची निर्यात भएको छ। नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मुलुकमा अलैँची निर्यात हुने गरेको छ। 

कुकुर तथा बिरालोको खानाको निर्यात बढ्दो 

पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा बिरालोको खानासमेत पर्दै गएको छ। विगत पाँच वर्षमा मात्रै मुलुकबाट १० अर्ब रूपैयाँको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ।

गत आवमा मात्रै तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रूपैयाँ मूल्य बराबरको यस्ता वस्तु मुलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ। गत आवमा दुई अर्ब ९६ करोड ७६ लाख रूपैयाँका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो। त्यस्तै २९ करोड ४२ लाख ३५ हजार रूपैयाँको क्यानडा, तीन करोड ९३ लाख ५६ हजार रूपैयाँ बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ।

नेपालले अघिल्लो आवमा दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार रूपैयाँको कुकुर तथा बिरालोका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ। त्यस्तै आव २०७७/७८मा एक अर्ब ९६ करोड ५० लाख ४६ हजार रूपैयाँ, आव २०७६/७७ मा एक अर्ब २२ करोड ८३ लाख ५६ हजार रूपैयाँ तथा आव २०७५/७६ मा एक अर्ब पाँच करोड २८ लाख ७६ हजार रूपैयाँको यस्ता वस्तु मुलुकबाट निर्यात भएको विवरण्मा उल्लेख छ।

पाँच वर्षमा तीन अर्ब रूपैयाँको अम्रिसो निर्यात

नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ। विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट तीन अर्ब ३३ करोड छ लाख ९२ हजार रूपैयाँ आम्दानी भएको छ। गत आवमा एक अर्ब ८८ लाख रूपैयाँको अम्रिसो भारत निर्यात भएको छ। नेपालबाट निर्यात हुने अम्रिसोको मूख्य गन्तव्य भारत हो।

विभागको विवरणानुसार अघिल्लो आवमा ६९ करोड ९८ लाख ६२ हजार रूपैयाँको अम्रिसो नियात भएको छ। त्यस्तै आव २०७७/७८मा ६५ करोड ८८ लाख १३ हजार रूपैयाँको, आव २०७६/७७मा ५५ कराड ७४ लाख ७८ हजार रूपैयाँ तथा आव २०७५/७६ मा ४० करोड ५७ लाख ३९ हजार रूपैयाँको अम्रिसो मुलुकबाट निर्यात भएको छ। 

एक वर्षमा ४४ करोड रूपैयाँको यार्सागुम्बा निर्यात

विभागका अनुसार गत आवमा ४४ करोड ३१ लाख रूपैयाँको यार्सागुम्बा निर्यात भएको छ। नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्ष यताकै उच्च हो।

अघिल्लो आवमा ३० करोड ९२ लाख ३३ हजार रूपैयाँको यार्चागुम्बा निर्यात भएको थियो। त्यस्तै आव २०७७/७८ मा १५ करोड ७६ लाख २५ हजार रूपैयाँको, आव २०७६/७७ मा २० करोड २२ लाख ३५ हजार रूपैयाँको तथा आव २०७५/७६मा १७ करोड ९४ लाख आठ हजार रूपैयाँको यार्चागुम्बा निर्यात भएको छ। विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिंगापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन्। रासस


प्रकाशित : बिहीबार , साउन १८ २०८००८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend