शनिबार, असोज ५ गते २०८१    
images
images

काठमाडौं-भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी, बढ्यो दुर्घटनाको जोखिम

images
बुधबार, साउन १७ २०८०
images
images
काठमाडौं-भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी, बढ्यो दुर्घटनाको जोखिम

जमिनमुनिको सतहबाट पानी आएकाले कालोपत्र भत्किएर खाल्डाखुल्डी पर्न थालेको भन्दै उनले यसको कारण पत्ता लगाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या पहिचानको प्रयास भइरहेको सडक सुधार आयोजनाका प्रमुख राजेन्द्रलाल दासले जानकारी दिए।

images
images

काठमाडौं- अरनिको राजमार्गअन्तर्गत काठमाडौं-भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन्। ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो।

images
images
images

अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन्। उक्त सडकको थिमि चारदोबाटो-शङ्खधरचोक खण्ड, थिमि-कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्र उप्किएर दुर्घटनाको जोखिम बढेको छ।

काठमाडौं-सूर्यविनायक, भक्तपुर-धुलिखेल-सिन्धुली-बर्दिवास खण्डअन्तर्गत कतिपय स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी भएको सडक सुधार आयोजनाका प्रमुख राजेन्द्रलाल दासले बताए। जमिनमुनिको सतहबाट पानी आएकाले कालोपत्र भत्किएर खाल्डाखुल्डी पर्न थालेको भन्दै उनले यसको कारण पत्ता लगाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या पहिचानको प्रयास भइरहेको जानकारी दिए।

'जमिनमुनि सतहबाट पानी आएकाले कालोपत्र भत्किएर सडकमा खाल्डा पर्न थालेको देखिन्छ। यसको कारण पत्ता लगाउन सकेका छैनौँ। अन्य सरोकारवाला निकायका साथै नगरपालिकासँग समन्वय गरिरहेका छौँ', दासले भने, 'समस्याको पहिचान भएपछि स्थायी समाधान हुन्छ। अहिले विकल्पको रुपमा अस्थायी समाधान प्रयास गर्छौँ।'

images

ढल फुटेर पानी आएको हुनसक्ने भएकाले कारण पत्ता लागेपछि स्थायी समाधान गरिने बताउँदै उनले अहिले पानीलाई अन्यत्र पठाएर खाल्डो पुर्ने तयारी भइरहेको जानकारी दिए।

मध्यपुर थिमि नगरपालिकाले अरनिको राजमार्गअन्तर्गत थिमि-चारदोबाटो-शङ्खधरचोक खण्डमा पर्ने राष्ट्रिय क्षयरोग केन्द्र अगाडिको सडक मर्मतको पहल थालेको छ। सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटना बढेको जनगुनासो बढेपछि नगरपालिकाले सडक सुधार आयोजना र राष्ट्रिय क्षयरोग केन्द्रसँग समन्वय गरी समस्या समाधानको पहल गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

केन्द्र अगाडिको मुख्य सडकमा परेको खाल्डो पटक-पटक पुरेपनि खाल्डोपर्ने र पुनःभत्किने क्रम नरोकिएपछि मङ्गलबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले स्थलगत अनुगमन गरेका थिए। आयोजनाका प्रमुख, आयोजना एवं नगरपालिकाका प्राविधिक, केन्द्रका अधिकारीसहितको टोलीले अनुगमन गरेको बताउँदै उनले समस्या समाधानका लागि सडक किनारमा रहेको खानेपानीको पाइप चुहावटको जाँच गरिएको जानकारी दिए।

सडक पुनःनिर्माण आयोजनाको क्षेत्राधिकारभित्र पर्ने भए पनि खाल्डाखुल्डीले दुर्घटना बढेको जनगुनासो आएपछि समाधानका लागि नगरले अग्रसरता लिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, साउन १७ २०८००८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend