सोमबार, वैशाख २४ गते २०८१    
images
images

दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको संख्या धेरै

images
images
images
दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको संख्या धेरै

दाङमा उत्पादनको अवस्था कमजोर देखाएको छ। उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन।

images
images

घोराही- दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार-व्यवसायमा सक्रिय रहेका छन्। राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा ९ दशमलव ६ र अन्य क्षेत्रमा ११ दशमलव ८ प्रतिशत सक्रिय छन्।

images
images
images

तथ्यांकले उत्पादनभन्दा पनि व्यापारमा सक्रिय हुने संख्या बढी रहेको देखाएको छ। यसबाट जिल्लामा उत्पादनको अवस्था कमजोर देखाएको छ। उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन। सहरी क्षेत्रका पालिकाहरुमा बढी र ग्रामीण क्षेत्रका पालिकामा कम परिवारले व्यवसाय गर्ने गरेको जनगणनाको तथ्यांकले देखाएको छ।

images

जिल्लाको पहाडी क्षेत्रमा रहेको बङ्गलाचुली गाउँपालिकामा दुई सय १० परिवार व्यवसायमा रहेका छन्। जसमध्ये घरेलु उद्योगमा २१.९, व्यापारमा ५०.५, यातायातमा २.९, सेवा क्षेत्रमा २१ र अन्य क्षेत्रमा ३.८ प्रतिशत रहेका छन्।

images

घोराही उपमहानगरपालिकामा तीन हजार सात सय ८१ जना परिवार व्यवसायमा सक्रिय रहेका छन्। जसमा घरेलुतर्फ १४.८, व्यापारमा ५४, यातायात क्षेत्रमा ७.५, सेवा क्षेत्रमा ९.५ र अन्य क्षेत्रमा १४.२ प्रतिशत रहेका छन्। तुलसीपुर उपमहानगरपालिकाका तीन हजार सात सय ४८ परिवारले व्यवसाय गरिरहेका छन्। जसमा घरेलुतर्फ १४.९, व्यापारमा ५५.१, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा १०.४ र अन्य क्षेत्रमा ११ प्रतिशत रहेका छन्।

images
images

त्यस्तै शान्तिनगर गाउँपालिकामा ६ सय ६० परिवारले व्यवसाय गर्ने गरेका छन्। जसमा घरेलु उद्योग क्षेत्रमा १४.८, व्यापारमा ४२.४, यातायातमा ११.२, सेवामा ६.४, अन्य क्षेत्रमा २५.२ प्रतिशत रहेका छन्। बबई गाउँपालिकामा चार सय ८१ परिवारले व्यवसाय गर्ने गरेका छन् भने दंगीशरण गाउँपालिकामा पाँच सय ३९ परिवारले व्यवासाय गर्ने गरेको तथ्यांकले देखाएको छ।

यस्तै, लमही नगरपालिकामा एक हजार एक सय १४ परिवार व्यवसायमा आबद्ध रहेको पनि तथ्यांकले देखाएको छ। जसमा घरेलुतर्फ १८.७, व्यापारमा ५६.७, यातायातमा ९.४, सेवा क्षेत्रमा ९.२ र अन्य क्षेत्रमा ६ प्रतिशत छन्। व्यवसयामा आबद्ध हुनेतर्फ राप्ती गाउँपालिकाका एक हजार तीन सय १८ परिवार रहेका छन्  जसमा घरेलु उद्योगमा २४.५, व्यापारमा ४८.३, यातायातमा ७.७, सेवामा ८.२, अन्य क्षेत्रमा ११.४ प्रतिशत रहेका छन्। गढवा गाउँपालिकामा व्यवसाय गर्नेको संख्या एक हजार चार परिवार छन्।

त्यसमध्ये घरेलुमा २८.४, व्यापारमा ४७।२, यातायातमा १०.९, सेवा क्षेत्रमा ५.८ र अन्य क्षेत्रमा ७.८ प्रतिशत रहेका छन्। राजपुर गाउँपालिकामा चार सय ३९ परिवारले व्यवसाय गर्ने गरेका छन्। जसमा घरेलुतर्फ १२.८, व्यापारमा ४९.२, यातायातमा ८.४, सेवामा १५ र अन्य क्षेत्रमा १४.६ प्रतिशत रहेको छ। रासस

images

प्रकाशित : बुधबार, साउन १७ २०८००५:४१

प्रतिक्रिया दिनुहोस