सोमबार, वैशाख २४ गते २०८१    
images
images

माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढ्यो

images
images
images
माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढ्यो

त्यस्तै बैंकको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा ९.७५ प्रतिशतले बढेको छ भने नेटवर्थ १२.६८ प्रतिशतले सुधार भएको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा माछापुच्छ्रे बैंकले प्राय सबै सूचकमा सुधार गरेको छ। बैंकले प्रकाशित गरेको चौथो त्रैमासको विवरण अनुसार  उल्लेखनीय सूचकमा सुधार देखिएको छ। 

images
images
images

विवरण अनुसार बैंले खुद नाफा १० प्रतिशतले बढाउन सफल भएको छ। गएको वर्ष बैंकले १ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकले १ अर्ब ६८ अर्ब नाफा गरेको थियो। 

images

बैंकले कूल ५ अर्ब ३८ करोड आम्दानी गरेको छ। यो पनि गत वर्षको तुलनामा १० प्रतिशतले धेरै हो। 

images

कम्पनीको वितरणयोग्य नाफा पनि बढेको छ। विवरण अनुसार बैंकको १ अर्ब ८५ करोडमध्येबाट १ अर्ब ५६ करोड रुपैयाँ वितरणयोग्य रहेको छ। 

images
images

बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार आएको छ। दोबरभन्दा धेरैले यस्तो नाफामा सुधार भएको छ। आर्थिक वर्ष २०७८/७९ मा प्रतिसेयर वितरणयोग्य नाफा ५.८२ रुपैयाँ भएकोमा गएको वर्ष १५.२९ रुपैयाँ पुगेको छ। यो लगभग तीनगुणा धेरै हो। 

त्यस्तै बैंकको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा ९.७५ प्रतिशतले बढेको छ भने नेटवर्थ १२.६८ प्रतिशतले सुधार भएको छ। 

 

images

प्रकाशित : बुधबार, साउन १७ २०८००३:५५

प्रतिक्रिया दिनुहोस