शनिबार, असोज ५ गते २०८१    
images
images

खोलामा फोहर फाल्नेलाई जरिवाना, भाडावाला र घरधनीलाई फरकफरक रकम

images
मंगलबार, साउन १६ २०८०
images
images
खोलामा फोहर फाल्नेलाई जरिवाना, भाडावाला र घरधनीलाई फरकफरक रकम
फाइल तस्बिर

फोहर फाल्ने भाडावालालाई पहिलोपटक एक हजार रूपैयाँ र दोस्रो पटक दुई हजार रूपैयाँ, घरधनीलाई पहिलो पटक दुई हजार र दोस्रो पटक चार हजार रूपैयाँ जरिवाना तोकिएको छ। तेस्रो पटक पनि फोहर फालेको भेटिएमा घरधनीलाई ६ महिना वडाले दिने सुविधा रोक्का राखिनेछ।

images
images

म्याग्दी- बेनी नगरपालिका-७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ। सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको हो। जिल्ला सदरमुकाम रहेको बेनी बजारको उक्त वडा भएर बग्ने म्याग्दी र कालीगण्डकी नदीको दोभान पनि छ।

images
images
images

धार्मिक एवम् पर्यटकीय महत्वको कालीगण्डकी र म्याग्दी नदीको जैविक विविधता संरक्षण एवम् प्रदूषण न्यूनीकरण गर्न फोहर फाल्नेलाई जरिवाना तिराउने नियम बनाइएको वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए। 'नगरपालिकाले घरघरमा गाडी पठाएर कुहिने र नकुहिने फोहर विभाजन गरेर संकलन गर्ने व्यवस्था मिलाए पनि अटेरी गरेर खोलामा फोहर फाल्ने समस्या रहेकाले त्यसलाई हटाउन वडा भेलाबाट जरिवाना तिराउने नियम बनाएका हौँ,' उनले भने, 'फोहर फाल्ने व्यक्ति र सम्बन्धित घरधनीलाई जरिवाना तथा सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छौँ।'

फोहर फाल्ने भाडावालालाई पहिलोपटक एक हजार रूपैयाँ र दोस्रो पटक दुई हजार रूपैयाँ, घरधनीलाई पहिलो पटक दुई हजार र दोस्रो पटक चार हजार रूपैयाँ जरिवाना तोकिएको छ। तेस्रो पटक पनि फोहर फालेको भेटिएमा घरधनीलाई ६ महिना वडाले दिने सुविधा रोक्का राख्ने नियम बनाएर बेनी बजारको सार्वजनिक स्थलमा टाँसिएको छ।

सूचना दिने व्यक्तिलाई जरिवानाको ५० प्रतिशत रकम पुरस्कार दिने पनि व्यवस्था मिलाइएको छ। हिन्दू धर्मावलम्बीहरुले भगवान् विष्णुका रूपमा पूजा गर्ने शालग्रामको शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदीमा सिधै फोहर फालिँदा प्रदूषणको चपेटामा पर्दै आएको थियो।

images

कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजन तथा जलयात्रा गर्ने पर्यटकहरु फोहर तथा प्रदूषणका कारण पीडित भएका थिए। वडा कार्यालयले बर्खामा कालीगण्डकी र म्याग्दी नदीले बगाएर ल्याउने दाउरा संकलन गरी विपन्न परिवारको दाहसंस्कारमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

यसैगरी कपडा बैंक पनि सञ्चालन गरिएको छ। प्रयोग गर्न योग्य तर लगाउन नचाहेको कपडा बजारवासीले बैंकमा लगेर जम्मा गर्छन्। विपन्न नागरिकले आवश्यक परेमा वडा कार्यालयमा सम्पर्क गरेर बैंकमा भएको कपडा लगेर प्रयोग गर्छन्। यस्तै धार्मिक र पौराणिक महत्वका चौतारी र पोखरी संरक्षण अभियान पनि सञ्चालन गरिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन १६ २०८०१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend