शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

विद्युतीय तीन पांग्रे सवारी ७ हजार ४ सय आउँदा पेट्रोलियम शून्य

विद्युतीय रिक्साको आयात ग्राफ बर्सेनि बढ्दो

images
बुधबार, साउन १७ २०८०
images
images
विद्युतीय तीन पांग्रे सवारी ७ हजार ४ सय आउँदा पेट्रोलियम शून्य

सरकारले पनि विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिने नीति लिएको छ। पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारी आयातमा लाग्ने महसुलहरु पनि कम निर्धारण गरिएको छ। 

images
images

काठमाडौं- विद्युतीय तीन पांग्रे सवारीको आयात पछिल्लो केही वर्षयता उल्लेख्य रुपमा बढेको छ। योसँगै पेट्रोलबाट चल्ने तीन पांग्रे सवारीको आयात घट्दै गएकोमा गत आर्थिक वर्षमा त एउटै पनि आयात भएन। 

images
images
images

विशेषगरी तराई क्षेत्रमा यात्रु बोक्नका लागि तीन पांग्रे विद्युतीय रिक्साको प्रयोग हुँदै आएको छ। पछिल्लो समय सडक सुधार हुँदै गएसँगै जिल्ला सदरमुकामहरूमा पनि रिक्साको प्रयोग बढ्दो छ। केही वर्षअघिसम्म पेट्रोलबाट चल्ने स्कुटर मात्र आयात हुँदै आएकोमा अब त्यसलाई विद्युतीयले विस्थापित गर्दै लगेको छ। 

images
images

सरकारले पनि विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिने नीति लिएको छ। पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारी आयातमा लाग्ने महसुलहरू पनि कम निर्धारण गरिएको छ। 

images
images
images

आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ७४ लाख ९५ हजार रुपैयाँबराबरको ७ हजार ४ सय ६३ वटा विद्युतीय तीन पांग्रे आयात भएको छ। उक्त संख्याको तीन पांग्रे आयातबाट सरकारले १९ करोड ६२ लाख ३४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो। 

त्यस्तै आव २०७८/७९ मा ७ हजार ३ सय २२ वटा विद्युतीय तीन पांग्रे सवारी आयात भएको थियो। ७२ करोड ५५ लाख ३७ हजार रुपैयाँको सो विद्युतीय तीन पांग्रे आयात हुँदा सरकारले १७ करोड ५५ लाख ११ हजार रुपैयाँ राजस्व पाएको थियो। आव २०७७/७८ मा ४ हजार २ सय ५० वटा तीन पांग्रे विद्युतीय सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ। ३७ करोड २८ लाख ३० हजार रुपैयाँ बराबरको सो तीन पांग्रे आयात हुँदा १२ करोड ८३ लाख ५२ हजार रुपैयाँ राजस्व सरकारले पाएको थियो। 

त्यसैगरि आव २०७६/७७ मा २ सय ८ वटा मात्र विद्युतीय तीन पांग्रे सवारी आयात भएको थियो। १ करोड ९० लाख ९४ हजार रुपैयाँको तीन पांग्रे आयात हुँदा ६९ लाख ६० हजार रुपैयाँ राजस्व सरकारले प्राप्त गरेको थियो। 

विद्युतीय रिक्साको आयात हरेक वर्ष क्रमिक रुपमा बढेको तथ्यांकले देखाउँछ। उता पेट्रोलियम रिक्साको आयात भने उल्लेख्य रुपमा घटेर गत आवमा एउटा पनि आएको देखिँदैन। विद्युतीय रिक्सा सञ्चालन गर्दा सञ्चालन खर्च न्यून भएको र तराईको बाटोका लागि पावर तथा रेन्जमा समेत समस्या नभएकाले विद्युतीय रिक्साको आयात बढ्दै गएको हो। 

यता पेट्रोल तीन पांग्रे रिक्साको आयात भने क्रमिक रुपमा घट्दै गइररहेको छ। आव २०७६/७७ मा ६ हजार ३ सय ५० वटा पेट्रोल रिक्सा आयात भएको थियो। ९६ करोड ६३ लाख १ हजार रुपैयाँको रिक्सा आयात हुँदा राज्यले १ अर्ब ११ करोड ९७ लाख ५३ हजार रुपैयाँ राजस्व पाएको थियो। 

आव २०७७/७८ मा पेट्रोल तीन पांग्रेको ३ हजार २४ वटा आयात भएको थियो। ४९ करोड ७४ लाख ८३ हजार रुपैयाँको उक्त तीन पांग्रे आयात हुँदा सरकारले ४५ करोड ४६ लाख २२ हजार रुपैयाँ राजस्व आम्दानी गरेको थियो। 

त्यसैगरी २०७७/७८ को तुलनामा २०७८/७९ मा भने पेट्रोल तीन पांग्रेको आयात बढेको थियो। सो वर्ष ४ हजार ६ सय वटा पेट्रोल तीन पांग्रे आयात भएको थियो। ७८ करोड १५ लाख ७० हजार रुपैयाँको सो रिक्सा आयात हुँदा सरकारले ८० करोड १० लाख २७ हजार रुपैयाँ राजस्व पाएको थियो। 

गत आव अर्थात आव २०७९/८० मा पेट्रोल तीन पांग्रे रिक्साको आयात शून्यमा झरेको छ। पेट्रोलियम तीन पांग्रे रिक्साको आयात अस्वभाविक रुपमा घटेको छ। 


प्रकाशित : बुधबार, साउन १७ २०८००५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend