शनिबार, असोज ५ गते २०८१    
images
images

यातायात व्यवस्था कार्यालय नवलपुर : दरबन्दी १८, कर्मचारी ७ मात्रै

images
आइतबार, साउन १४ २०८०
images
images
यातायात व्यवस्था कार्यालय नवलपुर : दरबन्दी १८, कर्मचारी ७ मात्रै

कार्यालयले गत आर्थिक वर्षमा ३१ करोड रूपैयाँ बढी राजस्व संकलन गरेको छ। सवारीसाधन लाइसेन्स नवीकरण, परीक्षणकालीन लाइसेन्स वितरण, स्मार्ट कार्डलगायत सवारी दर्ता लगायतको सेवा कार्यालयले उपलब्ध गराउँदै आएको छ।

images
images

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ। कार्यालयमा आवश्यकताअनुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए।

images
images
images

कार्यालयमा १८ जनाको दरबन्दीमा सात जनामात्रै कर्मचारी रहेको उनले बताए। 'दरबन्दी अनुसार  कर्मचारी  छैनौँ, सेवाग्राहीको चाप हुँदा समयमा सेवा प्रदान गर्न समस्या हुने गर्दछ', उनले भने।

करारमा रहेका छ कर्मचारी हटेसँगै थप समस्या भएको उनले बताए। चालु आर्थिक वर्षदेखि  करारमा कर्मचारी नियुक्ति नगर्ने प्रदेश सरकारको नीति रहेको छ। कर्मचारी कम हुँदा कार्यालयबाहेकको समयमा समेत सेवाग्राहीको आवश्यकता हेरी सेवा दिनुपर्ने अवस्था रहेको उनले बताए।

कार्यालयमा कर्मचारी कम भएपछि पालैपालो बिहान बेलुकाको समयमा सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा लिने गरेको कार्यालय प्रमुख घर्तीमगरले बताए।

images

समयमा काम गर्न नसक्दा सेवाग्राहीको गुनासो बढ्न सक्ने भएकाले थप कर्मचारीको व्यवस्थापन गर्न प्रदेश सरकारसँग उनले आग्रह समेत गरे। पूर्व-पश्चिम राजमार्गको मध्यभागमा रहेको कार्यालय हुँदा सवारी चालक अनुमतिपत्रका लागि यस कार्यालयमा धेरै सेवाग्राही आउने गरेका छन्।

यसैबीच कार्यालयले गत आर्थिक वर्षमा ३१ करोड रूपैयाँ बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा कार्यालयबाट उपलब्ध विभिन्न सेवासुविधा प्रवाह गरेबापत ३१ करोड ६६ लाख ४८ हजार ४५ राजस्व संकलन गरेको कार्यालय प्रमुख घर्तीमगरले जानकारी दिए।

आव २०७८/७९ मा २६ करोड ६६ लाख ६९ हजार पाँच सय ४८ रूपैयाँ राजस्व संकलन भएको थियो। गत आवमा यातायात क्षेत्रको आम्दानी, प्रशासनिक सेवा शुल्क, चालक अनुमतिपत्र, सवारी दर्ता किताब, सवारीसाधन कर संकलन, सवारी आयकरलगायत सेवा शुल्कमा केही रकम वृद्धिसँगै पहिलेको तुलनामा गत आवमा चार करोड ९९ लाख ७८ हजार चार सय ९७ रूपैयाँ बढी राजस्व संकलन भएको हो।

सवारीसाधन लाइसेन्स नवीकरण, परीक्षणकालीन लाइसेन्स वितरण, स्मार्ट कार्डलगायत सवारी दर्ता लगायतको सेवा कार्यालयले उपलब्ध गराउँदै आएको छ। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८००५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend