आइतबार, वैशाख १६ गते २०८१    
images
images

आलुको बीउमा आत्मनिर्भर जलजला

images
images
images
आलुको बीउमा आत्मनिर्भर जलजला

करिब १० लाख रूपैयाँको लगानीमा उत्पादन हुने उन्नत जातको बीउ किसानले आलु खेतीका लागि पाउने छन्। तर पूर्व मूल बीउ भने गाउँपालिकाको प्रत्यक्ष निगरानी र लगानीमा किसानले लगाउने छन्।

images
images

पर्वत- वर्षौँ पहिलेसम्म पर्वतका विभिन्न स्थानमा आलु खेतीका लागि क्याङ, लेस्पार, बनौँ, लगायतका ठाउँमामा पुगेर बीउ ल्याउने प्रचलन थियो। चिसो र लेकाली भेगमा फलेको आलुको स्वाद मिठो हुने भएकाले ती ठाउँमा पुगेर चामलसँग आलुको बीउ विनिमय गर्ने चलन पुरानो हो।

images
images
images

तर आजभोलि क्याङ, लेस्पार, बनौँ, लगायतका किसानले बाहिर निर्यात गर्ने भन्दा पनि आफ्ना लागि आवश्यक बीउ मात्रै राखेको प्रायः भेटिन्छ। हाइब्रिड जातका बीउले बजारमा वर्चश्व जमाएको बेलामा ती लेकाली भेगमा समेत आयातित बीउ प्रयोग हुने क्रम बढ्दै जान थालेको छ।

images

रैथाने जातका आलुको बीउमा विभिन्न समस्या देखिएपछि जलजला गाउँपालिकाले आफै पूर्व मल बीउ र उन्नत जातको बीउ उत्पादनको काम गर्दै आएकोमा बीउमा आत्मनिर्भर बनेको गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतमले बताए। गाउँपालिकाले उत्पादन गरेको आलुको पूर्व मूल बीउबाट उत्पादन भएको आलुको बीउ कोल्ड स्टोरमा राख्नको लागि पठाइसकिएको छ। त्रिपन्न हजार दुई सय दाना बीउ लगाएकोमा त्यसबाट ६ हजार पाँच सय किलो उत्पादन भएको छ।

images

'दोस्रो पुस्ताको उन्नत बीउ १० मेट्रिक टन लगाएकामा ७५ मेट्रिक टन उत्पादन गरेर कोल्ड स्टोरमा राखिएको छ। यही वर्ष पनि हामीलाई आवश्यक बीउ पुग्छ', उनले भने, 'केही निर्यात हुनसक्ने अवस्था रहला, अर्को वर्ष त हामीलाई आवश्यक भन्दा धेरै बीउ तयार भएको हुने छ।'

images
images

पूर्व मूल बीउबाट पहिलो चरणमा उत्पादन भएको ६.१ मेट्रिक टन बीउ कोल्ड स्टोरमा राख्नका लागि पोखरा पठाइएको छ। उन्नत जातका रूपमा लिइएको खुमल उज्ज्वलको ‘हार्भेस्टिङ’ बाँकी नै रहेको भन्दै शाखा प्रमुख गौतमले यो जातको बीउ आठ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको बताए

असिनाका कारण खुमल सेतो १ मा ५० प्रतिशत उत्पादन कम हुँदा पनि करिब लक्ष्य अनुसारकै बीउ तयार हुने अवस्था रहेको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा ७५.५ मेट्रिक टन दोस्रो पुस्ताबाट उत्पादित बीउ आलु र आठ मेट्रिक टन मूल बीउबाट अन्य बीउ उत्पादन सुरु गरेपछि गाउँपालिकामा खपत हुन नसकेको बीउ निर्यात गर्ने अवस्था आउने गाउँपालिकाले बताएको छ।

करिब १० लाख रूपैयाँको लगानीमा उत्पादन हुने उन्नत जातको बीउ किसानले आलु खेतीका लागि पाउने छन्। तर पूर्व मूल बीउ भने गाउँपालिकाको प्रत्यक्ष निगरानी र लगानीमा किसानले लगाउने छन्। यो बीउका लागि किसानको छनोट, आलुको प्लटिङ, लगानी, निगरानी लगायतका काम गाउँपालिकाले नै गर्ने छ।

गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले यस वर्ष २५ लाख रूपैयाँ लगानी गरेकोमा अर्को आर्थिक वर्षसम्ममा करिब डेढ करोड रूपैयाँ लगानी गर्ने बताउँछन्। यसवर्ष मूल बीउ एक हजार पाँच सय र उन्नत जातको १५ हजार बोरा बीउ उत्पादन गर्न आफूहरू सफल हुनुले बीउमा आत्मनिर्भर बन्न सकिएको उनको भनाइ छ। गाउँपालिकाले रैथाने तथा परम्परागत जातका आलुका बीउको संरक्षणको प्रयास गरेको भए पनि रैथाने जातको बीउमा विभिन्न समस्या देखिएपछि किसान उन्नत जातको बीउमा आकर्षित भएको उनले बताए।

'यहाँका बनौँ लगायतका क्षेत्रमा फल्ने आलुको बीउ लिनका लागि कहाँ कहाँदेखि सर्वसाधारण आउँथे। तर आजभोलि ती रैथाने जातको आवश्यक परीक्षण नहुनु, एउटै जातको बीउ धेरै वर्षसम्म प्रयोग हुनु, कीरा र कमिलाको प्रकोप बढी हुने लगायतका समस्याका कारण लगानी अनुसारको उत्पादन हुन सकेको छैन’, अध्यक्ष आचार्य भन्छन्, 'हामीले नै तयार पार्ने उन्नत जातको बीउ अब हामीलाई बढी हुन्छ। रैथाने जातका आलु स्वादका लागि मीठो भए पनि किसानलाई आत्मनिर्भर बनाउन नसक्दा किसानको रोजाइमा परेको छैन।'

आलुको बीउ उत्पादनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अवस्थामा संघीय सरकारले सहयोगको आश्वासन दिए पनि सहयोग भने नआएको गाउँपालिकाले बताएको छ। जलजला गाउँपालिकाका विभिन्न स्थानको मौसम र माटोको अवस्था अनुसार कृषि प्राविधिकले कात्तिक र मङ्सिरमा आलु लगाउँदा जनकदेव र खुमल उज्ज्वल जातको तथा पुस र माघमा आलु लगाउँदा जनकदेव र खुमल सेतो-१ लगाउन सुझाव दिएका छन्। जनकदेव जातको आलुलाई असिना र प्रकोपको रूपमा आउने डढुवाले पनि धेरै क्षति गर्न नसक्ने भएकाले किसानलाई फाइदा हुने प्राविधिकको सल्लाह छ। रासस

images

प्रकाशित : सोमबार, असार २५ २०८०१०:२९

प्रतिक्रिया दिनुहोस