शनिबार, असोज ५ गते २०८१    
images
images

अझै अघि बढेन लुम्बिनीको उजारसिंह खेलकुद रंगशाला निर्माण प्रक्रिया

images
शनिबार, असार २३ २०८०
images
images
अझै अघि बढेन लुम्बिनीको उजारसिंह खेलकुद रंगशाला निर्माण प्रक्रिया

वन मन्त्रालयबाट जग्गा र रुख कटानका लागि अध्ययन गर्नेबाहेक अन्य प्रक्रिया सुरु नभएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज गरैले बताए।

images
images

तिलोत्तमा- बुटवल उपमहानगर-१३ स्थित उजारसिंह खेलकुद रंगशाला निर्माणमा ढिलाइ भएको छ। 

images
images
images

लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राख्दै प्रदेशस्तरीय रंगशाला बनाउने उद्देश्यले काम अगाडि बढाएको थियो। प्रदेश सरकारले प्राथमिकतामा राखे पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन।

वन मन्त्रालयबाट जग्गा र रुख कटानका लागि अध्ययन गर्नेबाहेक अन्य प्रक्रिया सुरु नभएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज गरैले बताए।

बुटवल उपमहानगरले नै निर्माणका लागि तयारी गरेको अवस्थामा प्रदेश सरकारले उक्त योजनालाई आफ्नै अग्रसरतामा अघि बढाउन चासो देखाएको छ। प्रदेश सरकारले रंगशाला निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको थियो। आगामी आव २०८०/८१ का लागि प्रदेश सरकारले तीन करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता गैरेले जानकारी दिए।

images

'जग्गा प्राप्ति नभएका कारण निर्माणमा ढिलाइ भएको छ', उनले भने। रंगशालाको जग्गा प्राप्ति र रुख कटानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेर गत वर्ष चैतमा संघीय मन्त्रिपरिषद्‌मा पठाएको थियो। उक्त फाइल वन मन्त्रालयमा थन्किएको छ।

जग्गा प्राप्तिको काम ढिला भएकाले ठेक्का तथा अन्य निर्माणका काम सुरु गर्न नसकिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए। चार बिघा क्षेत्रफलमा बन्ने उजारसिंह रंगशाला चारैतर्फ प्यारापिट राखेर झन्डै २० हजार दर्शक अटाउने गरी बनाउन लागिएको हो। रासस


प्रकाशित : शनिबार, असार २३ २०८००८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend