सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थाले

images
बिहीबार , असार २१ २०८०
images
images
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थाले

सांग्रिला मोटर्स प्रालिले चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी पेट्रोलबाट चल्ने सिट्रोन कारहरु काठमाडौं ल्याएको हो।

images
images

काठमाडौं- चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेका छन्। असार १४ गते १० वटा र २० गते १५ वटा गरी जम्मा २५ वटा गरी आएको कार्यालयले जनाएको छ। 

images
images
images

सांग्रिला मोटर्स प्रालिले चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी पेट्रोलबाट चल्ने सिट्रोन कारहरू काठमाडौं ल्याएको हो।

images
images

पहिलो चरणमा ३४ वटा गाडीहरू चोभार आउने जानकारी नेपाल इन्टरमोडल यातायात विकास समिति चोभार सुक्खा बन्दरगाहलाई प्राप्त भएकोमा २५ वटा गाडीहरू आइसकेको र वाँकी १४ वटा गाडी १/२ दिन भित्रै चोभार सुक्खा बन्दरगाहमा आइपुग्ने जानकारी उक्त प्रालिका अधिकारीबाट प्राप्त भएको छ। 

images
images
images

हाल उक्त गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याएकोमा चाँडैनै उक्त कम्पनीले विद्युतीय गाडीहरू सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याउने जानकारीसमेत उक्त कम्पनीले बताएको चोभार भन्सार कार्यालयले जनाएको छ। 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालसंग पनि धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रकृया गराउन सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आएका छन्।

आगामी दिनमा अझै सवारी चोभार आउने जानकारी व्यवसायी तथा नाडाले गराएका छन्। यसका साथै अन्य व्यवसायीहरूसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको व्यहोरा जानकारी गराए।

उनले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न समय केही समय लागे पनि भविश्यमा राम्रोसँग चल्ने विश्वास लिइएको छ यसको लागि फास्ट ट्राक चाडै संचालनमा आउनु आवश्यक रहेको समेत बताए। 


प्रकाशित : बिहीबार , असार २१ २०८०१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend