शनिबार, असोज ५ गते २०८१    
images
images

ट्राफिक व्यवस्थापन सहज बनाउन उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २१ २०८०
images
images
ट्राफिक व्यवस्थापन सहज बनाउन उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएकन छन्।

images
images
images

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौंको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ। 

पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ। थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोष्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ। हाल काठमाडौं उपत्यकाभित्र १ हजार ८ सय १४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ। दरबन्दी भने १ हजार १ सय १३ जनाको रहेको प्रवक्ता भट्टले बताए।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको सङ्ख्या उल्लेख्यरुपमा बढ्दै गएको छ। हाल बागमती प्रदेशभित्र १८ लाख ३५ हजार १ सय ८१ सवारीसाधन दर्ता छन्। रासस

images


प्रकाशित : बिहीबार , असार २१ २०८००४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend