शनिबार, असोज ५ गते २०८१    
images
images

रानी-जमरा-कुलरिया सिँचाइ आयोजनामा काम नगर्ने राजन निर्माण सेवालाई सम्पर्कमा आउन ७ दिने सूचना 

images
बुधबार, असार २० २०८०
images
images
रानी-जमरा-कुलरिया सिँचाइ आयोजनामा काम नगर्ने राजन निर्माण सेवालाई सम्पर्कमा आउन ७ दिने सूचना 

पटक पटक सयम थप भएको र पछिल्लो पटक थप भएको म्याद २०७९ मंसिर २९ मा सकिएको आयोजनाले जनाएको छ। 

images
images

काठमाडौं- रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाले समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ। समयमा काम नगरेकाले आयोजनाको ठेक्का पाएको राजन निर्माण सेवालाई ७ दिनभित्र कारबाही गर्नु नपर्ने कारण पेस गर्न भनेको हो। 

images
images
images

आयोजा र निर्माण कम्पनीबीच २०७७ असार १२ गते ‘कस्ट्रक्सन अफ सप्लाइ अफ कंक्रिट पोल्स एन्ड बारबेट वायर’ काम गर्नेगरि सम्झौता भएको थियो। पटकपटक सयम थप भएको र पछिल्लो पटक थप भएको म्याद २०७९ मंसिर २९ मा सकिएको आयोजनाले जनाएको छ। 

आयोजनाले निर्माण कम्पनी राजन निर्माण सेवालाई पटकपटक पत्राचार गरेको र आयोजनास्थलमा जाँदा उपस्थित नभएकाले निर्माण कम्पनीलाई किन कारबाही नगर्ने भन्ने प्रश्नसहित सार्वजनिक सूचना जारी गरेको हो। 

आयोजनाले राजन निर्माण सेवालाई सार्वजनिक खरिद ऐनको दफा ५९ बमोजिम ७ दिनभित्र आयोजनामा सम्पर्क गर्न भनेको छ। सम्पर्कमा नआए ठेक्काको सर्त र खरिद ऐनअनुसार कारबाही गर्ने चेतावनी आयोजनाले दिएको छ। 

images


प्रकाशित : बुधबार, असार २० २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend