सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

चार दिनदेखि अवरुद्ध च्याछहरा सडक खुलाइँदै

images
बुधबार, असार २० २०८०
images
images
चार दिनदेखि अवरुद्ध च्याछहरा सडक खुलाइँदै

हुम्लाका अधिकांश बासिन्दा चीनको पुलाङ काउन्टी रोजगारीका लागि सो बाटो हुँदै जाने गरेकामा अहिले आवतजावत रोकिएको छ।

images
images

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ। चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ। 

images
images
images

गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ। यसका लागि नाम्खा गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेको छ। अवरुद्ध बाटो चाँडै सञ्चालनमा आउने अध्यक्ष लामाले बताए।

images
images

यस्तै ताक्रुखोलामा काठेपुल बनाउन लागिएको लामाको भनाइ छ। त्यहाँ हिल्सा-सिमकोट सडकखण्डको मोटरेबल पुलसमेत बन्दै छ। वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले सवारी आवतजावतका लागि काठेपुल बनाउन लागिएको अध्यक्ष लामाले बताए।

images
images
images

सो बाटो भएर हुम्लाका अधिकांश बासिन्दा चीनको पुलाङ काउन्टी रोजगारीका लागि जाने गरेका छन्। अहिले बाटो अवरूद्ध हुँदा आवतजावत रोकिएको छ। रासस


प्रकाशित : बुधबार, असार २० २०८००५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend