सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

हेवा खोलामा १५ दिनभित्र बेलिब्रिज बनिसक्ने

images
मंगलबार, असार १९ २०८०
images
images
हेवा खोलामा १५ दिनभित्र बेलिब्रिज बनिसक्ने

असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको थियो।

images
images

काठमाडौं- मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ। अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ। 

images
images
images

यही असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जानकारी दिए। उनका अनुसार मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी राजमार्गका पुल बगाएको हो। तीमध्ये तमोर करिडोरमा बेलिब्रिज थियो भने मेची राजमार्ग र मध्यपहाडी एउटा/एउटा पुल बगाएको छ। उनले भने, 'त्योमध्ये पनि धेरैलाई प्रभावित गर्ने भएकाले मेचीको पुल सबैभन्दा पहिले सुरु गरिएको छ।'

images
images

मेची राजमार्गमा बेलिब्रिज निर्माणको काम बाढी आएको भोलिपल्टबाट नै सुरु भएको थियो । एकातिर जग (फाउण्डेसन) तयारी भइरहेको छ। अर्कोतिर बेलिब्रिज पनि फिट गर्दै गरिने उनले बताए। उनले भने, 'तयारी अवस्थामा रहेको बेलिब्रिजका भाग जोड्नका लागि जग आवश्यक हुन्छ।'

images
images
images

बेलिब्रिजका लागि दुवै किनारामा जग राख्नुपर्नेमा एकातिर सम्पन्न भइसकेको उपमहानिर्देशक पोखरेलले बताए। वारि जग हालेपछि पारिपट्टि टेकाउने काम हुनेछ। उनले भने, 'यहाँ पुगेर काम गर्नेहरूसँग कुरा गर्दा १५ दिनमा सकिन्छ भन्नुभएको छ।' अहिले पनि नदी ठूलो भएकाले सामान वारपार गर्न गाह्रो अवस्था रहेको सडक विभागले जनाएको छ। 

मेची राजमार्गको यो पुल नबनेकाले यातायात नै ठप्प भएकाले प्राथमिकता अहिले त्यसैलाई दिइएको उनले बताए। अरु दुई ठाउँमा पानी कम भएपछि बेलिब्रिज राखिने योजना रहेको उनले बताए। खोला फिँजाएर ग्राभेल र ढुंगा मिलाएर गर्न सकिन्छ कि भनेर हेरिरहेको उनको भनाइ छ। उनले भने, 'मध्यपहाडी क्षेत्रमा बेलिब्रिजका लागि सामान लैजान पनि पहिले मेची राजमार्गको बेलिब्रिज बनिसक्नुपर्ने छ।'

मध्यपहाडी राजमार्गमा चियोभञ्ज्याङ नजिकै पुल बगाएको थियो। मेची राजमार्गले जतिको धेरै नागरिकलाई असर पुर्‍याउने नभए पनि यसले त्यहाँका गाउँ जोड्ने सडक भएकाले त्यहाँका स्थानीयवासीलाई वारपारमा समस्या भएको छ।

सडकमा थोरै पहिरो खसे पनि ठूलो क्षति भएको छैन। यो वर्ष वर्षाको सुरुमै आएको बाढीले कोशी प्रदेशमा सडकका पूर्वाधार बगाउँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ। रासस


प्रकाशित : मंगलबार, असार १९ २०८०१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend