शनिबार, असोज ५ गते २०८१    
images
images

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

images
मंगलबार, असार १९ २०८०
images
images
हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ।

images
images
images

सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो। 

वसन्तपुर हनुमानढोका क्षेत्रको वातावरण शान्त, स्वच्छ र सुरम्य आवश्यक रहेकाले उक्त क्षेत्रभित्र सवारी साधनहरुलाई निषेध गरिएको महानगर प्रमुख बालेन शाहले बताए।

‘काठमाडौं मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो। काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यावसायिकता अँगाल्न सक्ने भनेकै यीनै सम्पदा हुन्,' उनले भने, 'यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ।’

images

 


प्रकाशित : मंगलबार, असार १९ २०८०११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend