शनिबार, असोज ५ गते २०८१    
images
images

बजेटकै लयमा आउनुपर्छ मौद्रिक नीति : महासंघ पूर्वअध्यक्ष राणा 

images
मंगलबार, असार १९ २०८०
images
images
बजेटकै लयमा आउनुपर्छ मौद्रिक नीति : महासंघ पूर्वअध्यक्ष राणा 

 बजेटकै लयमा मौद्रिक नीति आएमा समस्याको समाधान हुने उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई चलायमान बनाउनेगरि मौद्रिक नीति आउनुपर्ने बताएकी छन्। 

images
images
images

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज काठमाडौंमा आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै राणाले शिथिल बनेको अर्थतन्त्रमा सबैको मनोविज्ञान कमजोर भएकाले बजेटसँगै मौद्रिक नीतिको पनि जोडबल बताइन्। 

उत्पादनदेखि उपभोगसम्मका गतिविधि सबैतिर नकारात्मक भएको अहिलेको अवस्थामा सरकारी स्रोतसँगै निजी स्रोतको परिचालन बढाउनुपर्ने उनको भनाइ छ। 

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा निर्यात प्रबर्द्धनका लागि सरकारले पनि नीतिगत समुन्वय गर्नुपर्ने उनको भनाइ छ। बजेटबाट केही घोषणा भएको र सुधारको प्रयास भएपनि त्यसको कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ। 

images

 बजेटकै लयमा मौद्रिक नीति आएमा समस्याको समाधान हुने उनको भनाइ छ। 

‘बजेटकै बाटोमा मौद्रिक नीति आउनुपर्छ। बजेटले जसरी कार्यक्रम ल्याएको त्यसलाई लगानी गर्ने स्रोतकोपरिचालनमा सहयोग गर्नुपर्छ’ उनले भनिन्। 

 

 


प्रकाशित : मंगलबार, असार १९ २०८०१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend