शनिबार, असोज ५ गते २०८१    
images
images

पुनः निर्माणको पर्खाइमा ललितपुरको ऐतिहासिक अदालत भवन

images
मंगलबार, असार १९ २०८०
images
images
पुनः निर्माणको पर्खाइमा ललितपुरको ऐतिहासिक अदालत भवन

माटोको जोडाइमा इँटाद्वारा निर्मित ऐतिहासिक भवनलाई २०७२ सालको भूकम्पले थप क्षति पुर्‍याएको थियो। भूकम्पपछि उक्त भवन जस्तै अन्य राणाकालीन दरबारका संरचना पनि पुनःनिर्माण भएका छैनन्। अहिले सो भवन पनि संरक्षणको अभावले भत्किने जोखिममा छ।

images
images

ललितपुर- ललितपुरको पाटन म्युजियमको छेउमा अदालत भवन नामको एउटा ऐतिहासिक भवन छ। घाँसले ढपक्क ढाकेको उक्त भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरिरहेको छ। राणाकालीन संरचनाको अदालत भवनको अवस्था निकै नाजुक छ। सबै ढोका अहिले बन्द अवस्थामा छन्।  

images
images
images

ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा क्षेत्रमा अवस्थित छ। विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको सो भवनसहित कतिपय सम्पदा पुनःनिर्माण हुँदैछन्। ऐतिहासिक अदालत भनवको नामले चिनिने जीर्ण अवस्थामा रहेको उक्त भवन पुनःनिर्माणको काम अझै सुरु नहुँदा दिन प्रतिदिन जीर्ण देखिँदै गएको हो।

जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी शारदा शिवाकोटीका अनुसार उक्त भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने प्रक्रियामा छ। उनले भने, 'ऐतिहासिक अदालत भवनको पुनःनिर्माण भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ। विसं १९९० को भूकम्प अगाडिको सो भवन तीन तलाको रहेको देखिएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको छ।'

माटोको जोडाइमा इँटाद्वारा निर्मित ऐतिहासिक भवनलाई २०७२ सालको भूकम्पले थप क्षति पुर्‍याएको थियो। भूकम्पपछि उक्त भवन जस्तै अन्य राणाकालीन दरबारका संरचना पनि पुनःनिर्माण भएका छैनन्। अहिले सो भवन पनि संरक्षणको अभावले भत्किने जोखिममा छ।

images

सत्यमोहन जोशी मार्गमा रहेको उक्त  भवनको एउटा कोठामा इलाका हुलाक कार्यालय छ। पञ्चायतकालमै अदालतको भवनमा जिल्ला हुलाक कार्यालय रहेको र उक्त कार्यालय आफ्नै भवनमा सरेपछि अहिले त्यहाँ इलाका हुलाक कार्यालय रहेको इलाका हुलाक कार्यालयकी कर्मचारी लिला खत्रीले जानकारी दिइन्। उनले भनिन्, 'मैले हुलाक कार्यालयमा जागिर खाएको करिब २८ वर्ष पुग्यो। अब यो भवन भत्काएर पुनः निर्माणको प्रक्रियामा छ भन्ने सुनेको छु। हाम्रो इलाका हुलाक कार्यालय कहाँ सर्छ थाहा छैन।'

उक्त भवनलाई नेपालको प्राचीन स्मारक संरक्षण ऐन २०१३ (१९५६) अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित सम्पदाको संरक्षणको नाममा पुनःनिर्माणका लागि पुरातत्व विभागको आधारभूत निर्देशिकामा आधारित रहेर निर्माण गरिनेछ। भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनःनिर्माणका लागि प्रस्ताव गरिएको पुरात्व विभागको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, असार १९ २०८००९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend