सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

भारतीय फेसन तथा ब्युटी ईकमर्श मिन्त्रासँग सस्तोडिलको सहकार्य

images
मंगलबार, असार १९ २०८०
images
images
भारतीय फेसन तथा ब्युटी  ईकमर्श मिन्त्रासँग सस्तोडिलको सहकार्य

मिन्त्रा भारतको फ्लिपकार्ट अन्तर्गतको फेसन तथा ब्यटी इकमर्श हो। 

images
images

काठमाडौं- भारतीय फेसन तथा ब्युटी ईकमर्श ब्रान्ड मिन्त्रासँग नेपालको इकमर्श प्ल्याटफर्म सस्तोडिलले सहकार्य गर्ने भएको छ। 

images
images
images

सस्तो डिलले मिन्त्रा प्ल्याटफर्ममा रहेका सामग्रीहरू नेपालमा रहेका आफ्ना ग्राहकलाई सजै उपलब्ध गराउनका लागि यस्तो साझेदारी गरेको हो। 

images
images

यो सहकार्यसँगै सस्तोडिलले मिन्त्रामा रहेका विभिन्न ब्रान्डहरू नेपाली ग्राहकले अर्डर गर्नसक्ने भएका छन्। एचआरएक्स, अनुक, ड्रेसबेरी, हेयर एण्ड नाउ जस्ता ब्रान्डका उत्पादन सस्तो डिलमार्फत् नेपाली ग्राहकले अर्डर गर्नसक्ने भएका छन्। 

images
images
images

यो साझेदारीबाट नेपाली उपभोक्ताले वृहत फेसन क्याटलगममा पहुँच पाउने सस्तो डिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले जानकारि दिए। 

सम्झौता अनुसार सस्तो डिलले ब्रान्ड शोरूम पनि खोल्ने भएको छ। यसबाट ग्राहकले अनलाइनसँगै अफलाइन रिटेलको अनुभव लिन पाउने भएका छन्। 

मिन्त्रा भारतको फ्लिपकार्ट अन्तर्गतको फेसन तथा ब्यटी इकमर्श हो। 


प्रकाशित : मंगलबार, असार १९ २०८००९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend