शनिबार, असोज ५ गते २०८१    
images
images

अर्थतन्त्र चलायमान हुने संकेत देखिएको छ : अर्थमन्त्री महत

images
मंगलबार, असार १९ २०८०
images
images
अर्थतन्त्र चलायमान हुने संकेत देखिएको छ : अर्थमन्त्री महत

अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको अर्थमन्त्री प्रकाशशरण महतले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा उनले यस्तो बताएका हुन्। 

images
images
images

अहिलेको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहेको तर समस्यामुक्त भने भइनसकेको अर्थमन्त्री महतले बताए। राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गरे।

देश आर्थिक हिसाबले समस्यामुक्त नभएको भन्दै उनले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने जिकिर गरे। 'अर्थतन्त्रमा बहस चलिरहन्छ, समस्या आइरहन्छ, समाधानको बाटो पनि पहिल्याउँदै जाने हो', उनले भने।

उनले आवश्यकताको तुलनामा सम्बोधन गर्न सकिने विषय अन्त्यन्त कम रहेको उल्लेख गरे। 'आवश्यकता र माग ठूलो छ, त्यसमा असन्तुष्टि आउनु स्वभाविक हो। धेरै विषय निर्णायकरुपमा सुधार गर्दै जानुपर्छ', उनले भने।

images

अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गरे। 'मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ', उनले भने।

राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको भए पनि प्रगति पनि भएको उनले बताए। 'राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौँ तर प्रगति भएको छ। हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी उठाउन सक्छौँ।  कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन। ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पुँजीगत खर्च त्यही रुपमा हुन सकेन। जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन', अर्थमन्त्री महतले भने, 'एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११.८८ प्रतिशत बढी उठेको छ। जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौँ। यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौँ।’


प्रकाशित : मंगलबार, असार १९ २०८००७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend