शनिबार, असोज ५ गते २०८१    
images
images

बर्दिबासको दुर्गम गाउँ खयरमाराका सडक कालोपत्र

images
मंगलबार, असार १९ २०८०
images
images
बर्दिबासको दुर्गम गाउँ खयरमाराका सडक कालोपत्र

७९ लाख ७१ हजार सात सय ४९ रूपैयाँको लागतमा खयरमाराको विद्युतचोकबाट भरत टोल जाने बाटो कालोपत्र गरिएको हो। सडक कालोपत्रले आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ।

images
images

जलेश्वर- बर्दिबास नगरपालिका-१० खयरमाराका सडक कालोपत्र गरिएका छन्। दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो। पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताए।

images
images
images

विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताइन्। बर्दिबास नगरपालिकाको ७९ लाख ७१ हजार सात सय ४९ रूपैयाँको लागतमा खयरमाराको विद्युतचोकबाट भरत टोल जाने बाटो कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ।

यसअघि जीर्ण सडककै कारण समयमै बर्दिबास अस्पतालमा बिरामीलाई पुर्याउन नसक्दा कतिपय रोगीको सडकमै ज्यान जाने गरेको जनाउँदै स्थानीय विकास थापाले अहिले सहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको बताए।

स्थानीयवासी टंकमाया चौलागाईँले भनिन्, 'यस गाउँमा राम्रो सडक बन्ला भन्ने लागेकै थिएन, सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिललो हुने समस्या हटेर गएको  छ। कालोपत्रले वास्तवमै यस गाउँको मुहार फेरिएको र सबैलाई हर्षित तुल्याएको छ।' उनका अनुसार सडक कालोपत्र भएकै कारण गाउँका नागरिक बजार पुगेर समयमै घर फर्किन्छन्। यात्रुबाहक बस गाउँमै आउन थालेका छन्। कालोपत्र सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ। गाउँमा उत्पादन गरिएका तरकारी, आँप, उखुलगायतका बाली सहरी क्षेत्रका बजारमा बिक्री गर्न लैजान सहज भएको छ।

images

बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सडक सञ्जाल विस्तारलाई नै बढी प्राथमिकता दिएको बताए। नगरपालिकाले पालिकाभित्रको भित्री गाउँ माईस्थान, बिजलपुरा, खयरमारालगायतका गाउँभित्रका सडक सफा र चौडा बनाइएपछि स्थानीयवासी दंग छन्। रासस


प्रकाशित : मंगलबार, असार १९ २०८००५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend