सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

images
मंगलबार, असार १९ २०८०
images
images
पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि छोटो तथा लामो दुरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्।

images
images

खलंगा- वर्षासँगै आएको बाढी र पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ। शैल्यशिखर नगरपालिका-६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर-खलंगा सडक क्षेत्र बन्द भएको हो।

images
images
images

सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ-ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। खलंगाबाट महेन्द्रनगर-काठमाडौंका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन्।

images
images

पानी पर्दा बेला-बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज-ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ। सडक अवरुद्ध भएपछि छोटो तथा लामो दुरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्।

images
images
images

महेन्द्रनगर, धनगढीबाट खलंगाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन्। पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, असार १९ २०८००५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend